वैशाख २६, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २६, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल "/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका कार्यकर्ता भेट्नासाथ समात्नू: गृह मन्त्रालय

२०७४, २६ बैशाख मंगलवार ०२:००

वैशाख २६, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।

निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो । 

आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले अभियान तीव्र पारेपछि गृहले विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई दिर्नेशन दिएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले सोमबारसम्ममा निर्वाचन बिथोल्ने अभियानमा लागेका १ सय ८ जनालाई सार्वजनिक मुद्दा चलाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन बिथोल्ने अभियानमा लागेका विप्लवका कार्यकर्तामाथि कडा निगरानी गरिएको बताउनुभयो । ‘निर्वाचन बिथोल्ने जोकोहीमाथि सार्वजनिक मुद्दा लगाउँछौं’, प्रवक्ता पन्थीले भन्नुभयो, ‘विप्लवका कार्यकर्ता पहिचान गरी तत्काल पक्राउ गर्न गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।’

प्रवक्ता पन्थीले गृह मन्त्रालयले उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनुभयो । गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई विप्लवका कार्यकर्ताको गतिविधिमाथि निगरानी बढाउनुका साथै उम्मेदवार र मतदाताको सुरक्षामा विशेष ध्यान पुर्‍याउन निर्देशन दिएको छ । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लवका कार्यकर्ताको घुसपैठ भएको हुनसक्ने भन्दै चनाखो रहन सुरक्षा निकायलाई सचेत गराएको छ ।

गृहले निर्वाचन बिथोल्ने जोकोहीलाई पक्राउ गरी तत्काल सार्वजनिक मुद्दा चलाउन निर्देशन दिएको हो । निर्वाचन बिथोल्ने अभियान घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उम्मेदवार र मतदातालाई धम्क्याउने, आतंकित बनाउने उद्देश्यले सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राख्ने, राजनीतिक दलले आयोजना गरेको चुनावी सभा बिथोल्ने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गर्न भनेको हो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ