जेठ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा केही लोकप्रिय काम गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचनदेखि अनेक लोकप्रिय का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा केही लोकप्रिय काम गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचनदेखि अनेक लोकप्रिय का"/>
2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् प्रचण्ड सरकारका महत्त्वपूर्ण काम

जेठ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा केही लोकप्रिय काम गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचनदेखि अनेक लोकप्रिय काम गरेको छ ।

स्थानीय तह निर्वाचन

प्रचण्डकै नेतृत्वमा ३१ वैशाखमा स्थानीय तहको पहिलो चरणको निर्वाचन भयो । उनी प्रधानमन्त्री बन्दा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । २० वर्षसम्म हुन नसकेको निर्वाचनमा मधेसी मोर्चाको एउटा घटक संघीय समाजवादी फोरम पनि सहभागी बन्यो ।

फास्ट ट्याक नेपाली सेनालाई

प्रचण्ड सरकारले बहुचर्चित काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्यो । यही साता सेनाले द्रुतमार्ग निर्माण सुरु गर्दैछ भने प्रधानमन्त्री प्रचण्ड आफैंले शिलान्यास गर्दैछन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्याक नेपाल आफैंले निर्माण गर्ने निर्णय गर्दै १० अर्बको बजेट विनियोजन गरेको थियो ।

लोडसेडिङमुक्त देश, उज्यालो नेपाल कार्यक्रम

सरकारले उज्यालो नेपाल अभियानअन्तर्गत देशलाई लोडसेडिङमुक्त बनायो । यसबीचमा भारतबाट बिजुली उल्लेख्य आयात भयो । नेपाल सरकारले नेपाल विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका कुलमान घिसिङको प्रशासकीय र प्राविधिक क्षमताका कारण देश लोडसेडिङमुक्त भयो ।

यसका अलावा नेपालमा यस वर्ष लगानी सम्मेलन भएको छ र इतिहासमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भएको छ । प्रचण्ड सरकारको अर्को महत्त्वपूर्ण काम वान बेल्ट वान रोड (ओबीआर) मा हस्ताक्षर हो । चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारले प्रतिवद्धता जनायो ।

- नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते