साउन ४, रोल्पा । मंगलबार सेनाको हेलिकोप्टरबाट आपत्कालीन उद्दार गरिएकी रोल्पाको थबाङ गाउँपालिका ३ झकेबाङकी प्रसूति व्यथाले थलिएकी २६ वर्षीया बरमाया विकले का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, रोल्पा । मंगलबार सेनाको हेलिकोप्टरबाट आपत्कालीन उद्दार गरिएकी रोल्पाको थबाङ गाउँपालिका ३ झकेबाङकी प्रसूति व्यथाले थलिएकी २६ वर्षीया बरमाया विकले का"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

थवाङबाट सेनाको हेलिकोप्टरमा उद्धार गरिएकी बरयामाले छोरा जन्माइन्

२०७४, ४ श्रावण बुधबार ०१:४२


साउन ४, रोल्पा । मंगलबार सेनाको हेलिकोप्टरबाट आपत्कालीन उद्दार गरिएकी रोल्पाको थबाङ गाउँपालिका ३ झकेबाङकी प्रसूति व्यथाले थलिएकी २६ वर्षीया बरमाया विकले काठमाडौंको थापाथली प्रसूति गृह पुर्‍याईएको आधा घण्टामा छोरालाई जन्म दिएकी छिन्।

छोरालाई जन्म दिएपछि लामो प्रसव पीडाले छटपटिएकी बरमाया र उहाँको परिवारमा खुशी छाएको छ। ‘मनकारीहरुको सहयोगले हेलिकोप्टरबाट उद्दार गरेकाले प्रसूति गराउन सकियो। छोरा जन्मिएको छ। आमा र बच्चाको अवस्था सामान्य रहेको छ,’ सुत्केरी बरमायाका जेठाजु दिपेन्द्र विकले भन्नुभयो। सुत्केरी स्याहारका लागि बरमायाका पति किस्मत, जेठाजु दिपेन्द्रसहित एक महिला हेलिकोप्टरमै काठमाडांै पुग्नु भएको छ।

बरमायालाई सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मिएरपछि विक परिवार चिन्तामा डुवेको थियो। वर्षातका कारण घोराही-थबाङ सहिद मार्ग अन्तरगत दुईखोली खण्डदेखि सडक अवरुद्ध भएकाले बरमायालाई जटिल प्रसूति सेवाका लागि सुविधा सम्पन्न अस्पताल लैजाने कुनै विकल्प थिएन। ‘गरिब परिवारको मान्छे हामी, पैसा प्रसस्त भए त हेलिकोप्टर मगाएर अस्पताल लैजाने सोच बाहेक मनमा केही आएन।’ जेठाजु दिपेन्द्र भन्नुहुन्छ, ‘सेना र शुभेच्छुकको पहलमा हेलिकोप्टरबाट उद्दार भयो। गरिबलाई हेर्ने पनि यो देशमा रैछन भन्ने लागेको छ।’

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विकमार्पत नेपाल सरकारका गृहमन्त्री जनार्दन शर्मामा पीडितको खवर पुगेपछि उहाँकै निर्देशन र सेनाको समन्वयमा हेलिकोप्टर दिउँसो थवाङ पुगेको थियो।

विकलाई गृहमन्त्रीको निर्देशन र सेनाको अग्रसरतामा उद्दार गरिएको हो। खड्क दल गणले उद्दारका लागि पहल गरेको थियो। उद्दारपछि दिउँसो ४:२० बजे थापाथली प्रसूति गृहमा सुत्केरीलाई पुर्‍याईएको थियो। विकले नर्मल डेलिभरीमा छोरा जन्माएको उहाँको परिवारले जनाएको छ। उद्दार नगरिएको भए आमा र बच्चालाई खतरा हुने चिकित्सकले बताएका छन्।

बरमायाको यो दोस्रो सन्तान हो। पहिलो सन्तान पाँच वर्षका छनज्। सुमन घरमै जन्मिएका थिए। विकट रोल्पामा अभैm पनि स्वास्थ्य संस्थामा प्रसूति हुने चलन कम छ। अधिकांश घरमै सुत्केरी हुने गर्छन्।

थवाङमा पनि घरमै सुत्केरी हुने गरेको युवा अमित घर्तीमगर बताउनु हुन्छ। बरमायालाई साउन ५ गते बच्चा जन्मने मिति दिइएको थियो। साउन १ गते नै व्यथा लागेर स्थानीय स्वास्थ्य पुगेकी थिइन्। अवस्था जटिल बनेपछि जलजला सामुदायिक स्वास्थ्य संस्थामा पुगे पनि उनी हलुका हुन सकिनन्। सामान्य भिडियो एक्सरेपछि पाठेघरमा पानीको मात्रा कम भएकाले तत्काल रेफर गरिएको थियो। रेफर गरिएपनि थबाङबाट विरामी बोकाएर छिमेकी जिल्ला दाङ पुर्‍याउन पनि दुई दिन बढी लाग्ने भएपछि परिवारमा चिन्तामा थियो।

विकलाई उद्धार गर्दा हेलिकोप्टरमा भाडा ३ लाख ४९ हजार लागेको छ। जिल्ला स्वास्थ्य कार्यालयले १ लाख २५ हजार जति स्वास्थ्य विभागबाट सहयोग गर्न सकिने जनाएको छ। बाँकी रकम तिर्न बरमाया परिवारलाई कठिन छ। थबाङ ठूलो गाउँमा रहेको पुर्खौली घर पहिरोको जोखिममा परेपछि विक परिवारले झकेबाङमा करिव ७ लाख ऋण गरेर घरबास बनाएर वसोवास गर्दै आएको छ। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ