2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम र नारायणकाजी कसको पल्ला भारी?

कात्तिक २९, काठमाडौँ । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । 

यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ। प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन्। बिजुलीका पोल र रूखका हाँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आँखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन्। ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुन्जिन्छन्। 

ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ। ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ। यो खबर दुर्गा खनाल, भीम घिमिरे र सुदीप कैनीले आजको कान्तिपुरमा लेखेका हुन्।

विगतमा एकै पार्टी माओवादीका सहयोद्धा यी दुई नेता गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसको समर्थन प्राप्त नयाँ शक्तिका भट्टराई र वाम गठबन्धनका उम्मेदवार श्रेष्ठबीचको प्रतिस्पर्धाले जसरी राष्ट्रिय ध्यान केन्द्रित गरेको छ, त्योभन्दा बढी स्थानीय माहोल तताएको देखिन्छ। 

एकअर्कालाई हराउने उनीहरूको प्रतिस्पर्धाले यहाँको चुनाव अन्यत्रभन्दा केही भड्किलो बन्दै गरेको देखिन्छ। करिब एक दर्जन गाडी, मोटरसाइकलको लस्कर अघिपछि लगाएर भट्टराई र श्रेष्ठ दुवै आफ्नो क्षेत्रमा मत मागिरहेका छन्। 

उम्मेदवारी दर्ता गरेदेखि नै दुवैले जिल्ला छाडेका छैनन्। एक जना पुगेको स्थानमा लगत्तै अर्का पुग्छन्। सोमबार पालुङटार नजिकको शेरा क्षेत्रमा दिउँसो श्रेष्ठको टोल भेला चल्यो भने राति अबेरसम्म भट्टराई त्यस्तै भेलालाई सम्बोधन गरिरहेका थिए।

खोप्लाङका भट्टराई र जौबारीका श्रेष्ठ दुवै स्थानीय हुन्। त्यही कारण यस क्षेत्रका तटस्थ मतदाता कसलाई छान्ने भन्ने दोधारमा छन्। दुवै उम्मेदवारका सबल र दुर्बल पक्षको लेखाजोखा गर्न मतदाताको ध्यान केन्द्रित छ। 

‘दुवै नेता हाम्रो जिल्लालाई चाहिने खालका हुन्, त्यसैले दुवै जना एउटै क्षेत्रबाट नउठुन् भन्ने थियो तर उहाँहरू एकै ठाउँमा लड्न आउनुभयो,’ गाईखुर खत्रीटारको चौतारीमा चुनावी गफ गरिरहेका स्थानीय बलबहादुर कँडेलले भने, ‘नचाहँदा नचाहँदै अब हामीले एक जनालाई हराउनुपर्ने स्थिति आयो।’

दुवै नेताको विगत, राजनीतिक भविष्य र जिल्लासँगको आत्मीयताका आधारमा मतदाता भट्टराई र श्रेष्ठलाई तौलिइरहेका छन्। ‘यो वा ऊ भन्ने छान्न हामीलाई नै गाह्रो परेको छ, त्यसैले भोट हाल्न छिरेपछि त्यहीं निर्णय गर्नुपर्ने अवस्था छ,’ स्थानीय शिवजी बानियाँ भन्छन्।

गोरखामा भट्टराईको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो। श्रेष्ठ पहिलोपटक चुनाव लड्न आएका हुन्। संविधानसभाका दुई चुनावमा भट्टराईले अत्यधिक मत ल्याएर जितेका थिए। श्रेष्ठ भने संविधानसभामा मकवानपुरबाट चुनाव लडेका थिए। दुई सहयोद्धा मात्र होइन, वामपन्थी र लोकतान्त्रिक गठबन्धनले नै यो क्षेत्रको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन्। 

वामपन्थी गठबन्धनले देशव्यापी चुनावी सभाको सुरुवात नै गोरखाबाट गर्दैछ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल श्रेष्ठको पक्षमा माहोल सिर्जना गर्न बुधबार गोरखा आउँदैछन्। 

वामपन्थी गठबन्धनको सभालगत्तै मंसिर २ गते भट्टराईको पक्षमा माहोल सिर्जना गर्न यहीं लोकतान्त्रिक गठबन्धनको सभा राखिएको छ। सभालाई सम्बोधन गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत आउँदैछन्।

जित वा हारले राजनीतिक भविष्य निर्धारण हुने भएकाले दुवै नेताका अभिव्यक्तिमा एकअर्काप्रति निकै छेडछाड भेटिन्छ। एमाले र माओवादी केन्द्रको वामपन्थी गठबन्धनका उम्मेदवार भएकाले श्रेष्ठलाई संगठनको मुख्य बलमा जित हासिल गर्छु भन्ने विश्वास छ। 

त्यसैले उनी भट्टराईलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन्। ‘लोकतन्त्रमा उम्मेदवार हुन पाउने हक छ, त्यसैले उहाँ (भट्टराई) उम्मेदवार हुन आउनुभएको छ,’ श्रेष्ठले भने।

‘मलाई उहाँ प्रतिस्पर्धी भएर कुनै पनि चुनौती छैन, निष्ठा र विचारमा उहाँसँग तुलना नै हुँदैन,’ उनले भने। भट्टराईलाई आफ्नो संगठन बलियो नभए पनि विगतमा जिल्लामा गरेको विकास र कांग्रेसको समर्थनमा श्रेष्ठलाई सजिलै हराउन सकिन्छ भन्ने लागेको छ। त्यसैले उनी पनि श्रेष्ठलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन्। गोरखामा जन्मे पनि जिल्लासँग श्रेष्ठले कुनै सम्बन्ध नै नराखेको भट्टराईको भनाइ छ। 

‘गोरखाका जनताले मलाई यसअघि ऐतिहासिक मत दिएर विजयी गराएका छन्। गोरखालाई मैले कार्यक्षेत्र बनाउँदै आएको छु,’ भट्टराईले भने, ‘तर उहाँले कहिल्यै गोरखालाई कार्यक्षेत्र बनाउनुभएन, उहाँसँग मेरो प्रतिस्पर्धा नै छैन।’

कहाँ कसको पकड ?

गोरखा २ मा पालुङटार नगरपालिका र गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा तथा सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिका पर्छन्। यीमध्ये पालुङटारको ६ देखि १४ नम्बर वडा र सुलिकोट गाउँपालिका वामपन्थी गठबन्धनको बलियो क्षेत्र हो। 

त्यस्तै, पालुङटारको १ देखि ५ नम्बर वडा, अजिरकोट, सिरानचोक र गोरखा नगरपालिकाका ८ देखि १४ नम्बर वडा नयाँ शक्ति र कांग्रेसको पकड क्षेत्र हो। स्थानीय तहको यो क्षेत्रको मतपरिणाम जोड्ने हो भने वामपन्थी गठबन्धन १ सय ३८ मतले मात्र अगाडि छ। 

स्थानीय चुनावपछि यहाँ करिब १० हजार मतदाता थपिएका छन्। थपिएको मत कता बढी जान्छ, त्यसले परिणाम निर्धारण गर्ने देखिन्छ। व्यक्तित्व र राजनीतिक भूमिकाको विषयसमेत जोडिएकाले स्थानीय तहकै शैलीमा मत खस्ने आधार छैन।

गठबन्धनभित्र देखिएका झिनामसिना असन्तुष्टिले पनि केही प्रभाव पार्न सक्छ। जनयुद्धका क्रममा माओवादी पक्षबाट पीडित कांग्रेसका केही व्यक्तिले बाबुरामलाई समर्थन गरेको मन पराएका छैनन्। 

माओवादी आन्दोलनमै सहभागी नभएको र पदमा हुँदा पनि जिल्लालाई नहरेको भन्ने जनमतले श्रेष्ठलाई पनि केही प्रभाव पार्न सक्छ। चुनावपछिको सम्भावित राजनीतिक घटनाक्रममा कसको प्रभाव के हुने भन्ने आकलन गर्ने केही प्रबुद्ध मतदाता पनि छन्।

‘पहिले बाबुरामजीका पछाडि ठूलो पार्टी थियो र उहाँ प्रधानमन्त्रीसमेत हुनुभयो, अहिले उहाँको पार्टी सरकार बनाउन सक्ने हैसियतको ठूलो छैन,’ स्थानीय मतदाता विष्णु रेग्मीले भने, ‘चुनाव जितेर गए पनि अब भट्टराईजीको हालत चित्रबहादुर केसी वा नारायणमान बिजुक्छे जस्तो हुन सक्छ।’ 

उता श्रेष्ठका पछाडि ठूलो संगठन रहे पनि एमालेसँग पार्टी एकीकरणको प्रक्रियामा जाँदा श्रेष्ठको अहिलेकै जस्तो राजनीतिक प्रभाव बाँकी रहन्छ कि रहँदैन भन्ने शंका गर्ने पनि छन्। 

यही स्थितिको रोचक प्रतिस्पर्धाले गोरखाका अन्य क्षेत्रको र प्रदेशसभाका चुनावका उम्मेदवारको प्रचार नै छायामा परेको छ। भट्टराई र श्रेष्ठकै सम्भावित परिणाम आकलनमा गोरखा व्यस्त छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता