१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादी नेताले पार्टी एकताबारे असहमति राख्दै यस्तो अभियान थाले (नामसहित)

८ पुष २०७४, शनिबार ०७:२८

पुस ८, काठमाडौँ । पार्टीको नेतृत्व तहबाट नेकपा (एमाले)सँग एकीकरणको प्रक्रियालाई तीव्र ढङ्गले अघि बढिरहँदा नेकपा (माओवादी केन्द्र)का केही नेताहरूले असहमति प्रकट गर्नुभएको छ । 

पार्टीका कार्यालय सदस्य गोपाल किराँती र सचिवालय सदस्य विश्वभक्त दुलाल (आहुति) को नेतृत्वमा असन्तुष्ट नेताहरूले छुट्टाछुट्टै अभियान थाल्नुभएको छ । आजको गोरखापत्रमा खबर छ ।

छलफल नगरी नै पार्टी एकीकरण गर्न लागिएको भन्दै दुवै जनाले असन्तुष्टि जनाउनुभएको हो । स्रोतका अनुसार एकीकरणअघि पार्टीको तल्लो तहसम्म छलफल गर्न पाउनुपर्ने भन्दै किराँतीले महाधिवेशनको माग गर्नुभएको छ । 

किराँतीले महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यलयमा पत्रसमेत दर्ता गर्नुभएको उहाँ निकट एक नेताले जानकारी दिनुभयो । यद्यपि यसबारे पार्टीले कुनै निर्णय गरेको छैन । 

अर्का नेता आहुतिले भने छलफलको कुनै सम्भावना नै नरहेको भन्दै फरक कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भन्नेहरूबीच छुट्टै बहस सुरु गरेको बताउनुभयो । ‘पार्टी एकीकरणको प्रक्रिया र विचारबारे कुनै छलफल नगरी एकैचोटि हामी एक भइसक्यौँ भन्नु भनेको कम्युनिस्ट आन्दोलनको विघटन हो,’ आहुतीले भन्नुभयो, ‘त्यसैले कम्युनिस्ट आन्दोलन बचाइराख्नुपर्छ भन्नेहरूबीच हामीले बहस सुरु गरेका छौँ । ’

किराँतीले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको ‘माओवाद’ एकीकरण प्रक्रियामा छाड्न लागिएको तथा उत्पीडित समुदायको पहिचानको मुद्दालाई राजनीतिक कार्यक्रमबाट हटाउने योजना बनाइएको भन्दै विरोध गरिरहनुभएको छ । यी दुई विषयलाई छाडेर पार्टी एकीकरण हुँदा आफू त्यसमा सामेल नहुने उहाँले बताउँदै आउनुभएको छ । 

आहुतिले भने दुई पार्टीबीचको एकीकरण ‘कम्युनिस्ट आन्दोलन सकियो’ भन्ने बुझाइबाट हुन लागेको टिप्पणी गर्दै आफूहरूले नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलन अघि बढाउन छलफल बढाएको बताउनुभयो । 

यो एकीकरण दुई कम्युनिस्ट पार्टीबीचको एकीकरण नभएकोले त्यसमा सहभागी नहुने उहाँले जानकारी दिनुभयो । माओवादीका करिब चार सय जना पोलिटब्युरो सदस्यमध्ये दुवै नेतासँग झन्डै २५ जना पोलिटब्युरो तहका नेताहरू सहभागी रहेको बताइएको छ । पार्टीसँग असन्तुष्ट रहँदै चुनावअघि राजीनामा दिनुभएका लोकेन्द्र विष्ट मगर पनि यो अभियानमा सहभागी हुनुभएको आहुतिले बताउनुभयो । 

उहाँहरूले पार्टी एकीकरणको घोषणा हुने बित्तिकै छुट्टाछुट्टै पार्टी बनाउने योजना बनाउनुभएको बुझिएको छ । एमाले र माओवादीका शीर्ष नेताहरूले तत्काल पार्टी एकीकरण प्रक्रिया अघि बढाउने बताउँदै आउनुभएको छ । 

विगतमा कम्युनिस्ट पार्टीबीच एकीकरण हुँदा पार्टीको सैद्धान्तिक बाटो, तत्कालीन तथा दीर्घकालीन रणनीति, कार्यनीति लगायतका विषयमा छलफल भएको इतिहास भेटिन्छ । 

यस पटक मुलुकका दुई ठूला पार्टीबीच एकता हुँदा यी सब विषयमा छलफल हुने सम्भावना निकै कम देखिएको छ । दुई पार्टीका नेता कार्यकर्ताको बहस नयाँ पार्टीले लिने विचारभन्दा पार्टीमा लिने ‘पद र सरकारको नेतृत्व’मा केन्द्रित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो