पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २३, काठमाडौँ | नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

गृह मन्त्रालय तथा गृहसचिवलाई सम्बोधन गरी नेपाल परिवार दलका तर्फबाट ढकालले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी मागेका हुन् ।

मंसिर १९ गते लेखिएको सो पत्रअनुसार असुरक्षित महसुस भएको भएका कारण आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयसँग आग्रह गरिएको हो ।

- यो समाचार आजको नागरिक दैनिकमा छ ।