Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुष २१, काठमाडौँ | अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको समाचार छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ ।

अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । बदलामा इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको थियो ।

केन्यास्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएपछि अमेरिकाले आफ्ना दूतावासहरूमा समेत सतर्कता बढाएको छ । त्यहीअनुसार दूतावास आसपास सुरक्षामा थप कडाइ गरिएको उच्च प्रहरी स्रोत बताउँछ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यसबारे अनौपचारिक रूपमा नेपालका सुरक्षा अधिकारीहरूसँग कुरा गरिसकेका छन् । ‘नेपाल मात्र होइन सबै देशका आफ्ना दूतावासहरूमा उनीहरूले सतर्कता बढाएका छन्,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यहीअनुसार प्रहरी परिचालन बढाइएको छ ।’