२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खासखुस’ मा हुन्छ खास कुरा

१३ पुष २०७८, मंगलवार ०३:१७

पुस १३, काठमाडौँ | महिनावारी हुँदा कस्ता सामग्री प्रयोग गर्ने ? यो समयमा हुनसक्ने सम्भावित प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमबाट कसरी बच्ने ? किशोरी अवस्थामा धेरैका लागि मुख्य चुनौती बन्ने गरेको तर सहजै बताउन नसक्ने यही समस्याबारे अनुभव आदानप्रदान गर्न दृष्टिविहीनहरूले सन्देशवाहक समूह खडा गरेका छन् ‘खासखुस’ ।

यो समूह यतिखेर दृष्टिविहीन किशोरीका लागि महिनावारीदेखि प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्ने साझा मञ्च बनेको छ । यही मञ्चले यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या समाधानका विषयमा धेरै दृष्टिविहीन किशोरीलाई महत्त्वपूर्ण ज्ञान दिएको समूहको नेतृत्व गर्नुभएका दृष्टिविहीन सन्जिया श्रेष्ठ बताउछिन् ।

श्रेष्ठले भनिन्, “नेपाली समाजमा यौन तथा प्रजनन स्वास्थ्यबारे अझै पनि खुलेर कुराकानी गरिँदैन । तर अहिले हामीले खडा गरेको म्यासेन्जर समूहले दृष्टिविहीन किशोरीलाई प्रजनन स्वास्थ्यबारे कसरी सजग रहने भन्ने विषयमा महत्त्वपूर्ण जानकारी दिने गरेको छ ।”

समाजमा सबैलाई आवश्यक रहेको तर सहजै खुल्न नसक्ने विषयमा कुरा गर्नुपर्ने भएकाले म्यासेन्जर समूहको नाम पनि ‘खासखुस’ नै जुराएको श्रेष्ठको भनाइ छ । खासखुस समूहमा आबद्ध किशोरीहरूले महिनावारी हुँदा अपनाउने सावधानी, प्रयोग गर्ने सामग्री, सरसफाइसहित प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको विषयमा अनुभव आदानप्रदान गरिन्छ ।

पाठ्यक्रममै समावेश भएको यौन तथा प्रजनन स्वास्थ्य शीर्षकको अध्यापन गराउन शिक्षक÷शिक्षिका अझै तर्कने प्रचलन छ । यस्तो अवस्थामा यो समूह निकै प्रभावकारी भएको यसमा आबद्ध किशोरीहरूको अनुभव छ ।

यो समूहलाई नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाले ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी परियोजना’मार्फत सहयोग गरिरहेको छ ।

सङ्घले काठमाडौँका लागि सन्जिया श्रेष्ठ र रुवी महर्जन तथा ललितपुर र भक्तपुरका लागि अम्बिका कुइँकेल, गङ्गालक्ष्मी प्रजापति, सुनिता दुवाल र समीक्षा कार्कीलाई साथी शिक्षकका रूपमा खटाएको छ । सङ्घ उपत्यका शाखाका प्रबन्धक शरदकुमार अर्यालले उपत्यकाका तीनवटै जिल्लामा परियोजनामार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे प्रशिक्षण दिएको बताए । 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित