२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खासखुस’ मा हुन्छ खास कुरा

२०७८, १३ पुष मंगलवार ०३:१७

पुस १३, काठमाडौँ | महिनावारी हुँदा कस्ता सामग्री प्रयोग गर्ने ? यो समयमा हुनसक्ने सम्भावित प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमबाट कसरी बच्ने ? किशोरी अवस्थामा धेरैका लागि मुख्य चुनौती बन्ने गरेको तर सहजै बताउन नसक्ने यही समस्याबारे अनुभव आदानप्रदान गर्न दृष्टिविहीनहरूले सन्देशवाहक समूह खडा गरेका छन् ‘खासखुस’ ।

यो समूह यतिखेर दृष्टिविहीन किशोरीका लागि महिनावारीदेखि प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्ने साझा मञ्च बनेको छ । यही मञ्चले यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या समाधानका विषयमा धेरै दृष्टिविहीन किशोरीलाई महत्त्वपूर्ण ज्ञान दिएको समूहको नेतृत्व गर्नुभएका दृष्टिविहीन सन्जिया श्रेष्ठ बताउछिन् ।

श्रेष्ठले भनिन्, “नेपाली समाजमा यौन तथा प्रजनन स्वास्थ्यबारे अझै पनि खुलेर कुराकानी गरिँदैन । तर अहिले हामीले खडा गरेको म्यासेन्जर समूहले दृष्टिविहीन किशोरीलाई प्रजनन स्वास्थ्यबारे कसरी सजग रहने भन्ने विषयमा महत्त्वपूर्ण जानकारी दिने गरेको छ ।”

समाजमा सबैलाई आवश्यक रहेको तर सहजै खुल्न नसक्ने विषयमा कुरा गर्नुपर्ने भएकाले म्यासेन्जर समूहको नाम पनि ‘खासखुस’ नै जुराएको श्रेष्ठको भनाइ छ । खासखुस समूहमा आबद्ध किशोरीहरूले महिनावारी हुँदा अपनाउने सावधानी, प्रयोग गर्ने सामग्री, सरसफाइसहित प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको विषयमा अनुभव आदानप्रदान गरिन्छ ।

पाठ्यक्रममै समावेश भएको यौन तथा प्रजनन स्वास्थ्य शीर्षकको अध्यापन गराउन शिक्षक÷शिक्षिका अझै तर्कने प्रचलन छ । यस्तो अवस्थामा यो समूह निकै प्रभावकारी भएको यसमा आबद्ध किशोरीहरूको अनुभव छ ।

यो समूहलाई नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाले ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी परियोजना’मार्फत सहयोग गरिरहेको छ ।

सङ्घले काठमाडौँका लागि सन्जिया श्रेष्ठ र रुवी महर्जन तथा ललितपुर र भक्तपुरका लागि अम्बिका कुइँकेल, गङ्गालक्ष्मी प्रजापति, सुनिता दुवाल र समीक्षा कार्कीलाई साथी शिक्षकका रूपमा खटाएको छ । सङ्घ उपत्यका शाखाका प्रबन्धक शरदकुमार अर्यालले उपत्यकाका तीनवटै जिल्लामा परियोजनामार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे प्रशिक्षण दिएको बताए । 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त