2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चण्डीगढ अश्लील भिडियो मामिला, ८ विद्यार्थीले गरे आत्महत्याको प्रयास

एजेन्सी | चण्डीगढ नजिकै एक निजी विश्वविद्यालयमा शनिबार अबेर राती कम्तीमा ८ किशोरीले आत्महत्या प्रयास गरेको बीबीसी हिन्दीले जानकारी दिएको छ । उक्त प्रयास पछि विश्वविद्यालयमा बेस्सरी हंगामा भएको छ ।

यस निजी विश्वविद्यालयका विद्यार्थीहरूले सेयर गरेको भिडियोमा एक युवतीले नुहाउने क्रममा साथी केटीहरूको भिडियो बनाएको स्वीकार गरिरहेकी छिन् । सुरुवाती जानकारीका अनुसार करिब ६० छात्राको अश्लील भिडियो बनाएर भाइरल पारिएको छ ।

यी युवतीले साथी केटीहरूको आपत्तिजनक भिडियो बनाएर शिमलामा बस्ने एक केटालाई पठाएको र उनैले ती भिडियोहरू भाइरल बनाएको आरोप छ ।

यद्यपी घटना भएको विश्वविद्यालयले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । आइतबार बिहान करिब ३ बजे प्रहरीको ध्यानाकर्षणमा यो विषय आएको र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । यस घटना बारे प्रहरीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन् ।

के हो पुरा घटना ?

विश्वविद्यालयका केही विद्यार्थीले मिडियालाई पठाएको अडियोमा होस्टेलका विद्यार्थीले अन्य छात्राको नुहाइरहेको  भिडियो बनाएर भाइरल बनाएको सुन्न सकिन्छ ।

यसअघि यो भिडियो ४ युवतीको भएको मानिएको थियो तर भाइरल अडियोमा एक विद्यार्थीले यसमा केटीहरुको धेरै भिडियो रहेको र विश्वविद्यालय प्रशासनले कुनै कडा कारबाही नगरेको बताएको छ ।

भाइरल भइरहेका कतिपय तस्विरमा प्रहरीले हंगामा मच्चाउने विद्यार्थीलाई बोलाएर मनाउन खोजिरहेको छ ।

क्याम्पसमा नारा लगाएर आन्दोलन गरिरहेका विद्यार्थीको भिडियो पनि बाहिर आएको छ । सुरुमा विश्वविद्यालय व्यवस्थापनले आफैँले मामिला सुल्झाउने प्रयास गरे पनि स्थिति नियन्त्रण बाहिर गएको देखेर प्रहरी बोलाइएको थियो ।

एमएमएस भाइरल बनाएको भन्दै युवतीविरुद्ध खरार प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई हिरासतमा लिएर सोधपुछ भइरहेको र उनी छिट्टै पक्राउ पर्ने चर्चा छ ।

यस विषयमा एफआइआर दर्ता भएपछि विद्यार्थी शान्त भएका छन् । विश्वविद्यालयले क्याम्पसका गेटहरू बन्द गरेका छन् भने मिडियालाई भित्र जान अनुमति दिइएको छैन ।

पञ्जाबका शिक्षामन्त्री हरजोत सिंह बैन्सले ट्वीट गर्दै विद्यार्थीहरूलाई शान्ति कायम राख्न अपील गरेका छन् र कुनै पनि दोषीलाई छाडिने छैन भनेका छन् । उनले यो विषय अत्यन्तै संवेदनशील र आमा दिदीबहिनीको इज्जतसँग सम्बन्धित रहेको भन्दै सञ्चारमाध्यमसहित आफूहरु सबै सचेत हुनुपर्ने बताए ।

विश्वविद्यालयकै अर्को भिडियोमा केही छात्राहरू अचेत अवस्थामा देखिएका छन् जसलाई स्थानीय अस्पतालमा लगिएको छ ।

बीबीसी संवाददाता गुरमिन्दर सिंह ग्रेवालका अनुसार केही छात्राहरूले आत्महत्याको प्रयास गरेका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

मिडियामा आएका समाचार अनुसार एकजना विद्यार्थीको मृत्यु भएको दाबी गरिएपनि प्रहरीले यसलाई अफवाह भनेको छ ।

कसले बनायो भिडियो भाइरल ?

अर्को भाइरल भिडियोमा होस्टेल वार्डनले आरोपी युवतीसँग सोधपुछ गरिरहेको देख्न सकिन्छ । जसमा युवतीले केही भिडियो बनाएर सिमलामा बस्ने एक केटालाई पठाएको भन्दै गरेको सुन्न सकिन्छ ।

वार्डनले किन यस्तो गरेको भनेर सोध्दा उनले केही जवाफ दिएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो