२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अपमान गरेको भन्दै आक्रोशित विद्यार्थीले प्रिन्सिपलमाथि गोली चलाएपछि…

२०७९, ९ आश्विन आईतवार ०६:२५

एजेन्सी | भारतको लखनउमा अपमान गरेको रिसमा कक्षा १२ का एक विदार्थीले कलेजका प्रिन्सिपलमाथि गोली प्रहार गरेका छन्। प्रिन्सिपल रामसिंह बर्मालाई शनिवार गोली प्रहार भएको हो। लखनाउको सीतापुरमा रहेको आदर्श इन्टर कलेजमा उक्त घटना भएको सदरपूर प्रहरी चौकीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ।

गोली लागी घाइते भएका प्रिन्सिपललाई अस्पताल लगिएको छ। उनको पेटमा गोली लागेको अस्पतालले जनायो। पेटमा गोली लागे पनि भित्रको कुनै भागमा क्षति नपुगको बताइएको छ। गोली प्रहार गर्ने विद्यार्थीको नाम खुलाइएको छैन।


प्रहरीका अनुसार ती विद्यार्थीले शुक्रवार आफ्ना केही साथी लगेर अर्को समूहसँग झगडा गरेका थिए। झगडामा उत्रिएका दुबै समूहका नाइकेलाई प्रिन्सिपलले आफ्नो कार्यकक्षमा बोलाएर गाली गरेका थिए। त्यसको बदलामा ती विद्यार्थीले प्रिन्सिपल बर्मामाथि गोली प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

गोली प्रहार गर्ने विद्यार्थी अहिले फरार रहेका छन्। शनिवार बिहान कक्षाकोठामा पुग्ने वित्तिकै ती विद्यार्थीले पहिलो राउन्ड हवाई फायर गरेको र दोस्रो राउन्ड प्रिन्सिपललाई प्रहार गरेका थिए। त्यसपछि अर्को गोली लोड गर्दा विद्यार्थीले उनलाई रोकेको बताइएको छ। त्यसपछि उनी कलेजबाट फरार भएका थिए। ती विद्यार्थीमाथि पहिले पनि अरु थप गुनासोहरु आएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा