2026-06-20 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विश्वलाई चीन चाहिन्छ : सी जिनपिङ

कात्तिक ६, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व दिइएको छ। राष्ट्रपति जिनपिङले तेस्रो कार्यकालको घोषणासँगै आफ्नो नयाँ नेतृत्वको परिचय पनि दिएका छन्। सी जिनपिङले विश्वलाई चीनको आवश्यकता रहेको बताए।

उनले भने, ‘बाँकी विश्वबिना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ। ४० वर्षको अथक परिश्रम र सुधारपछि हामीले द्रुत आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरता ल्याउन सफल भएका छौं।'

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भने, 'ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।'

उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने बताए।

सी जिनपिङले लगातार तेस्रो पटक कम्युनिष्ट पार्टीको नेतृत्व पाएपछि राजधानी बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा कुल २४ सदस्य छन्। सो समुहमा कुनै पनि महिला भने छैनन्।  

कम्युनिष्ट पार्टीको बैठकमा सी जिनपिङ केन्द्रीय सैन्य आयोगको अध्यक्ष रहने पनि घोषणा गरिएको थियो। अर्थात् उनी चीनको जनमुक्ति सेनाको कमाण्डर रहनेछन्।

उनले आगामी वर्षको सुरुमा हुने राष्ट्रपतीय निर्वाचनमा पनि आफ्नो पद कायम राख्ने लगभग निश्चित छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू