2026-09-19 12:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गुजरातमा डेढ शताब्दीअघि बनेको झोलुङ्गे पुल कसरी चुँडियो?

कात्तिक १४,  काठमाडौँ | भारतको गुजरातमा मर्मतपछि चार दिनअघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको डेढ शताब्दी पुरानो झोलुङ्गे पुल आइतवार चुँडिदा १४१ जनाको ज्यान गयो। आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको यो पुल कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे धेरैले चासो राखिरहेका छन्। यो पुल करिब १५० वर्षअघि मोरबीका राजा सर बाघजी ठाकोरले बनाएका थिए। मुम्बईका तत्कालीन गभर्नर रिचर्ड टेम्पलले २० फेब्रुअरी १८७९ मा पुलको उद्घाटन गरेका हुन्। पुल बनाउन चाहिने आवश्यक सबै सामान इङ्गल्याण्डबाट ल्याइएको थियो र त्यस बेलै यसको निर्माण लागत ३ लाख ५० हजार भारतीय रुपैयाँ थियो।

‘कलात्मक र प्राविधिक चमत्कार’

आधुनिक युरोपेली प्रविधि प्रयोग गरी बनाइएको यो पुलले मोरबीमा शाही समयको झल्को दिन्थ्यो। झोलुङ्गे पुलले सहरमा ठूलो सङ्ख्यामा पर्यटकहरूलाई आकर्षित गरेको थियो र त्यस बेला यसलाई ‘कलात्मक र प्राविधिक चमत्कार’ को रूपमा हेरिएको थियो। दरबारगढ दरबार र नजरबाग दरबारको शाही निवासलाई जोड्ने यो पुल १ दशमलव २५ मिटर चौडा र २३३ मिटर लामो थियो। सन् २००१ मा गुजरातमा गएको विनाशकारी भूकम्पले यो पुलमा नराम्रो क्षति पुर्‍याए पनि पुनर्निर्माण गरियो। पुलको निर्माणमा सर बाघजी ठाकोरमा औपनिवेशिक युगको वास्तुकलाको स्पष्ट प्रभाव रहेको बताइन्छ। मोरबी सहरको विकासलाई तीव्रता दिन बाघजी ठाकोर यसबाट प्रेरित भएका थिए। उनले सन् १९२२ सम्म मोरबीमा शासन गरेका थिए। साम्राज्य कालमा मोरबी सहरको योजनामा ​​युरोपेली शैलीको प्रभाव प्रस्ट देख्न सकिन्छ। सहरको मुख्य चोकलाई ‘ग्रीनचोक’ भनिन्छ, जसमा तीन वटा फरक-फरक गेटबाट जान सकिन्छ। यी तीन वटा ढोकाको निर्माणमा राजपूत र इटालियन शैलीको संयोजन प्रस्ट देख्न सकिन्छ । मोरबी जिल्लाको वेबसाइटका अनुसार झोलुङ्गे पुलले मोरबी शासकहरूको “प्रगतिशील र वैज्ञानिक दृष्टिकोण” लाई प्रतिबिम्बित गर्छ।

पुल कसको स्वामित्वमा छ?

अङ्ग्रेजी पत्रिका ‘इन्डियन एक्सप्रेस’का अनुसार यो पुलको स्वामित्व अहिले मोरबी नगरपालिकामा रहेको छ। नगरपालिकाले भर्खरै ओरेवा समूहसँग सम्झौता गरी १५ वर्षसम्म पुल मर्मत सम्भारको जिम्मा दिएको थियो। ओरेवा समूहका प्रवक्ताले उक्त पत्रिकालाई भनेका छन्, “धेरै मानिसहरूले पुललाई बीचबाट हल्लाउने प्रयास गरेका कारण पुल भत्किएको हुनसक्ने देखिन्छ।” भर्खरै मर्मत भएपछि असोज २६ गते यो पुल सर्वसाधारणका लागि खुला गरिएको हो। यद्यपि नगरपालिकाले भने यसबारे जानकारी नआएको जनाएको छ।

“यो पुल मोरबी नगरपालिकाको सम्पत्ति हो तर हामीले केही महिनाअघि १५ वर्षसम्म मर्मत र व्यवस्थापनका लागि ओरेवा ग्रुपलाई हस्तान्तरण गरेका थियौँ,” मोरबी नगरपालिकाका प्रमुख अधिकृत सन्दीपसिंह झलाले भने।

“तर निजी कम्पनीले हामीलाई जानकारी नदिई सर्वसाधारणका लागि खुला गरेछ त्यस कारण पनि पुलको सुरक्षा सम्परीक्षण गर्न सकेनौँ।”

ओरेवा ग्रुपले पनि झोलुङ्गे पुलको टिकट बिक्री गर्दै आएको थियो। टिकटको मूल्य १२ वर्ष मुनिका बालबालिकाका लागि भारु १२ रुपैयाँ र वयस्कका लागि भारु १७ रुपैयाँ राखिएको थियो। ओरेवा समूहले घडीदेखि इ-बाइकसम्म विभिन्न विद्युतीय उत्पादनहरू उत्पादन गर्छ। कम्पनीको वेबसाइटका अनुसार कम्पनी विश्वको सबैभन्दा ठूलो घडी निर्माता हो।

कसरी दुर्घटना भयो?

आइतवार साँझ ६:३० बजे मच्छू खोलामाथिको पुल भत्किँदा धेरै मानिस नदीमा डुबेका थिए। प्रहरी महानिरीक्षक अशोक यादवले सञ्चारकर्मीसँग कुरा गर्दै हालसम्म १४१ जनाको मृत्यु भएको र दुई जना अझै बेपत्ता रहेको बताएका छन्।

नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा सहित विश्वभरका नेताहरूले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोरबी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषबाट दिने घोषणा गरेका छन्। गुजरात सरकारले पनि घटनाका पीडितलाई आर्थिक सहयोगको घोषणा गरेको छ।

छ महिनाअघि मर्मतका लागि बन्द गरिएको पुल चार दिनअघि अक्टोबर २६ मा मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो