२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इमरान खानलाई गोली हान्ने नाविद अहमद को हुन् ?

२०७९, १८ कार्तिक शुक्रबार १०:३३

कात्तिक १८, काठमाडौं | सुहादराको मुस्लिमाबाद इलाकाको मस्जिद रजा वली गलीमा रहेको एउटा सानो घर छ जसलाई भित्र र बाहिरबाट अहिलेसम्म प्लास्टर गरिएको छैन । घर निर्माणाधीन छ । यो निर्माणाधीन घरमा नाविद अहमद आफ्ना दुई साना छोरा, बुढी आमा र श्रीमतीसँग बस्छन् ।

वजिराबादको यो क्षेत्र इमरान खानको लङ मार्चमा गोली चलेदेखि चर्चामा छ । किनभने प्रहरी हिरासतमा भएका कथित हमलाकर्ता नाविद अहमद यस क्षेत्रका रहेको बताइएको छ ।

जब तेहरिक–ए–इन्साफको लङ मार्चको कन्टेनर वजिराबादको अल्लाहवाला चोकमा पुग्यो, त्यहाँ अचानक गोलीबारी सुरु भयो, जसमा पूर्व प्रधानमन्त्री इमरान खानसहित केही व्यक्ति घाइते भए ।


त्यस लगत्तै पिटिआईका कार्यकर्ता कथित हमलाकर्ता नाविद अहमदतिर दौडिए जसलाई उनले फायरिङ गरिरहेको देखेका थिए र एक कार्यकर्ताले त गोलीबारीका बेला उनलाई रोक्ने कोसिससमेत गरेका थिए ।

नाविद अहमदलाई एलिट फोर्सले तुरुन्तै समातेर स्थानीय प्रहरी चौकीमा लग्यो ।

यस घटनामा हालसम्म कुनै मुद्दा दर्ता भएको छैन र प्रहरीले औपचारिक बयान जारी गरेको छैन । तर गुजरातको कुन्जा थानाभित्रबाट नाविद अहमदका थुप्रै भिडियो सार्वजनिक भएका छन् जसमा उनी इमरान खानमाथि हमलाको कुरा स्वीकारिरहेका छन् ।

यसपछि पञ्जाबका मुख्यमन्त्री चौधरी परवेज इलाहीले गोली चलाउने अभियुक्तको भिडियो बयान लीक भएकोमा सम्बोधन गर्दै सम्बन्धित प्रहरी कर्मचारीलाई निलम्बन गरेका छन् ।

र उनीहरुको मोबाइल फोन फरेन्सिक जाँचका लागि जफत गरिएको छ । जबकि आरपीओ गुजरातले भनेका छन्, ‘अभियुक्तलाई हिरासतमा लिइएको छ र अहिले नै अन्तिम बयान दिन सकिँदैन ।’

नाविद र उनको परिवार

सुहादरा चिनाब नदीको किनारमा अवस्थित छ । यो सघन जनसंख्या भएको सहर हो । यो सहरका हरेक परिवारमा कम्तीमा एकजना सदस्य वैदेशिक रोजगारीमा रहेको बताइन्छ ।

नाविद अहमदको जेठो छोरा करिब डेढ वर्षका छन् भने कान्छो छोरा १० दिन अघि मात्रै जन्मिएका छन् ।

उनीहरु बस्ने घर उनकी आमाले विरासतमा पाएकी हुन् जुन नाविदको भागमा परेको छ ।

स्थानीय पत्रकार अकील अहमद लोधीका अनुसार आरोपितले आफ्ना भाइहरूलाई अंश दिएर यो घर आफूसँग राखेका थिए ।

नाविद अहमदका पिता मोहम्मद बशीरको करिब १५ वर्षअघि निधन भएको थियो । उनका पिता बोरिङ गर्ने र कवाडीको काम गर्ने गर्थे ।

इमरान खानलाई गोली हान्ने नाविद अहमद को हुन् ?

बुबाले छोडेको काम उनका अरु दाजुभाइले पनि गरिरहेका थिए । प्लम्बिङको काम अहिले अलि आधुनिक भइसकेकाले अहिले उनीहरू बोरिङका लागि मेसिनको प्रयोग गर्छन् । नाविद अहमद साउदी अरबमा साढे चार वर्ष काम गरेर केही महिना अघि मात्रै फर्किएका हुन् ।

उनका एक छिमेकी अब्दुल्लाका अनुसार उनी चार–पाँच वर्षदेखि साउदी अरबमा बसेका थिए र त्यहाँ मजदुरी गर्थे । फर्किएपछि केही खास काम गरिरहेका थिएनन् । दाजुभाइलाई बोरिङ काममा सघाउँथे । यसबाहेक उनी कवाडीको काम पनि गर्थे ।

अब्दुल्लाले नाविद अहमद सुन्नी बरेलवी सम्प्रदायको बताए । उनी बेलाबेला मस्जिदमा नमाज पढ्न जान्थे ।

परिवार कस्तो छ ?

सुहदरा निवासी खालिद माजिदले उनको परिवार खासै धार्मिक नभएको बताए । उनले भने, ‘मैले उनीहरुलाई नियमित रूपमा प्रार्थना गरेको कहिल्यै देखेको छैन । यो एक सामान्य धार्मिक घर हो ।’

खालिद माजिदले थपे, ‘उसले गोली चलायो रे भन्ने सुनेर म छक्क परेँ किनभने उसले कसैलाई थप्पडसमेत हानेको देखेको छैन ।’

अर्को छिमेकी मोहम्मद अशरफलाई नाविद अहमद गाउँतिर कहिलेकाँही झगडा गर्थे त भनेर सोध्दा उनले भने, ‘अहँ, देखेको छैन । मैले उसलाई कहिले पनि कोहीसँग झगडा गरेको देखेको छैन । मैले उसलाई सधैँ काम गरिरहेको र घरमा नै बसिरहेको मात्रै देखेको छु ।’

स्थानीय बासिन्दा खालिद माजिदका अनुसार ‘उनी प्रायः मौन बस्ने मानिस थिए । उनी कहिल्यै झगडामा सामेल हुँदैनथे ।’

तर, एक छिमेकीले नाम नबताउने सर्तमा उनको धार्मिक झुकाव कुनै निश्चित समूहप्रति रहेको बताए । उनी स्थानीय मस्जिदमा हुने धार्मिक कार्यक्रममा सहभागी हुने गर्थे ।

मोहल्ला मुस्लिमाबादका बाबर हुसेन भन्छन्, ‘मलाई थाहा छैन कि उनी कुनै राजनीतिक वा धार्मिक संगठनसँग सम्बन्धित छन् । उनी साधारण मानिस थिए । आउँदा जाँदा अभिवादन गर्थे । ’

अर्का एक व्यक्तिले स्थानीय पत्रकार अकील अहमद खान लोधीलाई भने, ‘आरोपी नाविद अहमदको घर नजिकै डैफोडिल्स स्कूल छ, जहाँ केही दिनअघि एउटा कार्यक्रम आयोजना गरिएको थियो जसमा संगीत पनि प्रयोग गरिएको थियो । यस विषयमा नाविद अहमदको शेख पाहवा र विद्यालय प्रशासनसँग बहस पनि भएको थियो ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा