कतारमा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी

साझासवाल
1 Min Read

<p><b>एजेन्सी | </b>कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन ।</p><p>भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज’ नामक कम्पनीमा काम गर्थे । यो कम्पनीले कतारी नौसेनालाई तालिम र सामान आपूर्ति गर्दछ। भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि अहिले कतार स्थित भारतीय दूतावासले पक्राउ परेका भारतीयहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन खोजेको जानकारी दिएको छ । मन्त्रालयले&nbsp; उनीहरूलाई किन पक्राउ गरिएको हो भन्नेबारेमा कुनै जानकारी दिएको छैन ।&nbsp;</p><p>भारतीयहरूको पक्राउको खबर पनि निकै रहस्यमय ढङ्गले बाहिर आएको थियो । २५ अक्टोबरमा डाक्टर म्याथ्यु भार्गव नामकी एक महिलाले ट्वीट गरेकी थिइन् जसमा उनले देशको सेवा गरेका आठ पूर्व भारतीय नौसेना अधिकारीहरू कतारको राजधानी दोहामा गत ५७ दिनदेखि अवैध रूपमा थुनामा रहेको दाबी गरेकी थिइन् । उनले आफ्नो ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ट्याग गरेकी थिइन् । चाखलाग्दो कुरा के छ भने, उनले आफ्नो ट्विटर एकाउन्टमा आफूलाई शिक्षाविद् र सुफीको रूपमा वर्णन गरेका छन्। उनले कतारमा पक्राउ परेका भारतीयहरूसँग आफ्नो सम्बन्ध के हो भन्ने कतै पनि बताएकी छैनन् । बीबीसी हिन्दी</p>

Share This Article
Leave a Comment

Leave a Reply