2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

शलगम खाँदा क्यान्सरको खतरा कम : यसको फाइबर– भिटामिनले कपाल हुन्छ स्वस्थ, धेरै खाँदा हानि पनि

मङ्सिर १६, काठमाडौँ | जाडो मौसम चलिरहेको छ । बजारमा हरियो तरकारीको प्रशस्तै आउन थालेका छन् । कतै मेथी, बेथे, त कतै ताजा पालुङ्गो, काउली, बन्दागोभी पाइन्छन् । यी तरकारीहरू मध्ये, अर्को एक तरकारी छ जुन तरकारी कम र औषधि बढी हो । यो तरकारी हो शलगम । यसलाई गान्टे मुला पनि भनिन्छ ।  माथिको केही भाग बैजनी र बाँकी भाग सेतो हुन्छ । यो आलु र चुकन्दर झैँ माटो मुनी फल्ने तरकारी हुन् ।


पात र जरा दुवै लाभदायी

शलगमको पात र जरा दुवै खाइन्छ । यद्यपि अधिकांशले जरा अर्थात् मुख्य तरकारी मात्रै खाने गर्छन् । शलगममा क्याल्सियम, आइरन, म्याग्नेसियम, म्याग्निज, फस्फोरस, पोटासियम र सोडियम मिनरल पाइन्छन् । साथै यसमा भिटामिन ए, सी, ई, के पाइन्छ ।

भारतकी डायटिशियन मेघा सिंहले भारतीय सञ्चार माध्यम दैनिक भास्करसँग शलगमबारे जानकारी दिएकी छिन् । उनका अनुसार शलगममा बी वान, बी टु, बी थ्री, बी फाइभ, बी सिक्स  र बी नाइन जस्ता बी कम्प्लेक्स भिटामिन पाइन्छ । एक कप शलगममा २.३४ ग्राम फाइबर हुन्छ जबकि एक ग्राम भन्दा बढी प्रोटिन हुन्छ । जबकि यसमा शून्य फ्याट हुन्छ ।

यस्तै भारतकै अर्की आहारविद् विजयश्री प्रसादका अनुसार शलगमलाई युरोपमा मिराकल भेजिटेबल भनिन्छ । यसमा भएका पौष्टिक तत्व शरीरका लागि निकै लाभदायी हुन्छन् । यो खाँदा हड्डी बलियो हुन्छ । ज्येष्ठ नागरिकले आफ्नो खानामा शलगमलाई समावेश गर्दा यसले अत्यधिक लाभ प्रदान गर्छ ।

शलगम काँचै खान सकिन्छ ?

मेडिका अस्पतालका प्रमुख आहारविज्ञ डा. विजयश्री प्रसाद शलगमलाई काँचै र पकाएर खान सकिने बताउँछिन् । यसको बाहिरी बोक्रालाई हटाउन सकिन्छ । शलगमको रस पनि पिउन सकिन्छ । यसलाई सलादको रुपमा खान सकिन्छ ।

शलगमले क्यान्सरबाट बचाउँछ

ल्यान्सेट जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार शलगम खाँदा क्यान्सरको खतरा कम हुन्छ । यसमा एक कम्पाउन्ड सल्फोराफेन हुन्छ जुन क्यान्सरको उपचारमा प्रभावकारी हुन्छ । शलगममा एन्टिअक्सिडेन्ट पनि प्रशस्त हुन्छ । यसले क्यान्सरलाई उत्परिवर्तन हुनबाट रोक्छ ।

गर्भावस्थामा पनि शलगम खानुहोस्

गर्भावस्थामा थोरै मत्रामा शलगम पकाएर खान सकिन्छ । यसमा फोलिक एसिड र आइरन उच्च मात्रामा पाइन्छ । शलगमको पातमा फाइबर धेरै हुन्छ । गर्भावस्थामा कब्जियत बढी हुने भएकाले पाचनमा पनि शलगम उपयोगी हुन्छ । उच्च फाइबरका कारण रगतमा चिनीको मात्रा पनि नियन्त्रणमा रहन्छ ।

कपाल स्वस्थ बनाउँछ

डा. मेघाका अनुसार शलगममा आइरन र एन्टिअक्सिडेन्टसँगै बिटा क्यारोटिन पनि हुन्छ । यसले कपाल बलियो बनाउन मद्दत गर्छ । बिटा क्यारोटिनका कारण आँखाको ज्योति पनि बढ्छ । हालैको अनुसन्धानले शलगममा पाइने एन्टिअक्सिडेन्टले मोतिबिन्दु र ग्लुकोमा पनि निको हुने देखाएको छ ।

शलगमले बढेको तौल घटाउँछ

शलगममा क्यालोरी धेरै कम हुन्छ । त्यसैले यसलाई खाँदा तौल बढ्ने खतरा हुँदैन । साथै, शलगममा भिटामिन बी कम्प्लेक्स हुन्छ । यसले शरीरको मेटाबोलिजमलाई स्वस्थ राख्न मद्दत गर्छ । यसलाई खानामा समावेश गरेर बढेको तौल घटाउन सकिन्छ ।

धेरै नै खाँदा हानी पनि

यदि शलगमलाई आवश्यकताभन्दा बढी खायो भने यसले हानी पनि गर्न सक्छ । यसले थाइराइड हर्मोनमा गडबडी हुनसक्छ । कहिलेकाहीँ थाइरोइड हर्मोन अत्यधिक मात्रामा निस्कन थाल्छ । शलगममा फाइबरको मात्रा बढी भएकाले पखाला लाग्ने सम्भावना पनि हुन्छ । चार वर्ष वा सोभन्दा माथिका बालबालिकालाई २५ ग्रामभन्दा बढी शलगम दिनु हुँदैन । शलगममा भिटामिन के प्रचुर मात्रामा पाइने डा. विजयश्री प्रसाद बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक