२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रचण्डले ३ वर्षअघि के भनेका थिए, जसले अहिले कानुनी झमेलामा फसायो ?

२०७९, २३ फाल्गुन मंगलवार ११:५९

फागुन २३, काठमाडौँ | २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा थारूहरूको ‘माघी पर्व’ चलिरहेको थियो । प्रमुख अतिथि थिए हालका प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

सभामा ३ घण्टा बिताएका प्रचण्डले १६ मिनेट ४६ सेकेन्ड मात्रै बोलेका थिए । देशभरका थारू समुदायलाई बधाई र शुभकामना भन्न चाहन्छु भन्दै भाषण सुरु गरेका उनी ४ मिनेट २७ सेकेन्डपछि राजनीतिक विषयमा प्रवेश गरे ।

उनले सभामा भनेका थिए— ‘यहाँ मलाई ताकेर धेरै कुरा राखियो । मैले अहिले सबैकुराको एक/एक गरेर जवाफ दिन सक्दिनँ । पहिला त मलाई धेरै साथीहरूले बाहिर पनि भन्ने गर्नुहुन्छ म तथ्यांक मात्रै सच्याउन चाहन्छु । तथ्यांक के भने मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ । यो सत्य होइन ।’

उनले त्यसअघि भन्दै गए—

‘साथीहरू र आदरणीय जनसमुदाय, यो सत्य होइन । सत्य के हो भने हिजोको सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । यद्धका सबै कामको जिम्मा लिन्छु । तर, राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने, हिजोको राज्यले मारेको १७ हजारमध्ये १२ हजारको चाहिँ कुरा नहुने त्यो पनि मेरै टाउकोमा हाल्न खोजियो भने राम्रो हुँदैन । मैले सधैँ भनेको छु। युद्धको म जिम्मा लिन्छु । त्यहाँ भएका राम्रा र नराम्रा कुराको म जिम्मा लिन्छु । तर, मैले गर्दै नगरेको कामको दोष पनि मलाई नै थुपार्न खोज्नुभयो भने त्यो राम्रो हुन्न ।’

उनले सभामा टीकापुर घटनाका दोषी भनिएका रेशम चौधरीबारे समेत बोलेका थिए । ‘प्रधानमन्त्रीको हैसियतमा भारतमा रेशमसँग खुलेआम भेटेर के हो तपाईंको कुरा राख्नुस् भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने नबिर्सनुस् ।’

उनले अझै अगाडि भनेका थिए—‘दोस्रो कुरा डिल्लीबजारको खोरमा गएर रेशमलाई अफिसमा बोलाएर भेट्ने पनि म हो भन्ने नबिर्सनुस् । सरकार, सभामुख र पार्टीलाई भेटेर रेशमलाई शपथ गराएर कम्तीमा पनि माननियको दर्जा दिनुपर्छ भन्ने मै हो । टीकापुरको घट्नाको सन्दर्भमा झुटा मुद्दा खारेज गनुपर्दछ भनेर पार्टीमा बहस भइरहेको छ । केही साथीहरू छुट्नुभएको र रेशमलगायतका साथीहरू छुट्न बाँकी छ। रेशमलाई पनि छुटाइन्छ हेर्नुहोला ।’

प्रचण्डको यही अभिव्यक्तिलाई आधार बनाएर आज सर्वोच्च अदालतमा उनीसहित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय, रक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल प्रहरी प्रधान कार्यालयलाई समेत विपक्षी बनाइ रिट निवेदक ज्ञानेन्द्रराज आरण र जितेन्द्र मोक्तानसमेत १४ जनाले मुद्दा दर्ता गरेका हुन् ।

रिट निवेदक आरण २०५७ फागुन १६ गते विद्रोही पक्षबाट मारिएको भनिएका मन्थली ९ रामेछापका टीकाराम आरणको छोरा हुन्। त्यसैगरी, अर्का रिट निवेदक रेलीमाया मोक्तानको छोरा जितेन्द्र कुमार मोक्तान, गणेश कुमार श्रेष्ठका छोरा रामेछापका विजय श्रेष्ठ, द्धन्दकालमा हत्या भएका माओवादीपीडित संघका अध्यक्ष गणेशदत्त चिलुवालकी श्रीमती सावित्री शर्मा पनि छन् ।

निवेदकले सशस्त्र द्वन्द्वसँग आफूहरूको सरोकार नभएको, तर द्वन्द्वकै कारण पीडित भएका नागरिक भन्दै रिट दर्ता गराएका छन् । ‘प्रचण्डको ५ हजारको जिम्मा लिन्छु भन्ने सार्वजनिक स्वीकारोक्तिलाई नै साविती बयान मानी तत्काल प्रचलित कानुनबमोजिम पक्राउ गरी सजाय गर्नु पर्ने देखिन्छ’ रिटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार