2026-10-20 03:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने

गैरआवासीय नेपाली संघमा विश्वभर रहेका नेपालीलाई समेट्ने, दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र साझा पहिचान बलियो बनाउने काम अब संस्थाको प्रमुख प्राथमिकता हुने ।

अनिल अधिकारी । साउन ३१, ग्वाङ्झाउ, चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष हेमराज शर्माले संस्थाभित्र विगतमा देखिएको विभाजन अब अन्त्य भएको दाबी गरेका छन् । चीनको ग्वाङ्झाउमा आयोजित एनआरएनएको ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ अन्तर्गत सनिबार सम्पन्न पहिलो दिनको कार्यक्रममा बोल्दै उनले अब संगठन एकताबद्ध रूपमा गैरआवासीय नेपालीका साझा मुद्दामा केन्द्रित हुने बताए ।

शर्माले विगतमा फरक–फरक धार र मतभेदका कारण एनआरएनएभित्र मनहरू समेत विभाजित भएको उल्लेख गर्दै अहिले ती दूरी घटेको बताए । “विगतमा मनहरू फाटेका थिए, अहिले ती मनहरू जुटेका छन्,” उनले भने, “अब विभाजन कहीँ पनि छैन, विभाजन शून्य भएको छ । हामी सबै एकै ठाउँमा आएका छौं ।”

उनले एनआरएनएलाई केवल व्यवसायी वा लगानीकर्ताको संस्थाका रूपमा बुझ्न नहुने बताए । विश्वभर रहेका नेपालीलाई समेट्ने, दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र गैरआवासीय नेपालीको साझा पहिचान बलियो बनाउने काम अब संस्थाको प्रमुख प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता, “एक पटकको नेपाली, सधैंको नेपाली”, मतदान अधिकार, नेपाली मूलका विदेशी नागरिकलाई दिइने पहिचान तथा ब्रिटिस गोर्खाका विषय समेत प्रमुख रूपमा उठेका छन् । कार्यक्रममा सुरुवातकै सेसनमा एनआरएनएका बिभिन्न बहशका विषयमा ब्यापक छलफल भएको छ । जसमा बिभिन्न दलका सांसदहरुले एक्यबद्धता व्यक्त गर्दै गैर आवासिय नेपालीले उठाएका नागरिकता सम्बन्धि, लगानी सम्बन्धि बिभिन्न मुद्धामा नेपालका सबै राजनीतिक दल एकै ठाउँमा रहेको र सम्वोधनको लागि समेत सकारात्मक रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा अध्यक्ष शर्माले संविधानको धारा २९१ मा रहेको व्यवस्थाको पनि पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । विदेशको स्थायी आवासीय अनुमति लिएका नेपाली नागरिकलाई निश्चित निर्वाचन, मनोनयन तथा नियुक्तिमा लगाइएको सीमालाई संशोधन गर्नुपर्ने उनको धारणा छ ।

उनले विश्वका विभिन्न देशमा फरक कानुनी हैसियतमा रहेका गैरआवासीय नेपालीलाई सम्बोधन गर्न एउटै छाता कानुन आवश्यक रहेको बताए। उनका अनुसार अस्थायी आवासीय अनुमति भएका नेपालीदेखि विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिसम्मलाई एउटै दीर्घकालीन नीतिभित्र जोड्न आवश्यक छ ।

सम्मेलनमा नेपालबाट सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि गैरआवासीय नेपालीका नागरिकता तथा कानुनी अधिकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

एनआरएनए नेतृत्वले काठमाडौंमा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई लक्षित गरी छुट्टै सम्मेलन गर्ने तयारी समेत भइरहेको जनाएको छ ।

ग्वाङ्झाउ सम्मेलनले यसपटक एनआरएनएको आन्तरिक एकतासँगै नागरिकता, पहिचान र नयाँ पुस्तालाई नेपालसँग जोड्ने विषयलाई संगठनको भावी एजेन्डाका रूपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ