२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसविरुद्ध एमालेले गर्‍यो निर्वाचन आयोगमा उजुरी

२०७९, १ चैत्र बुधबार १२:१५

चैत १, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा कांग्रेसले गरेको निर्णयलाई लिएर उजुरी दर्ता गरिएको एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । ‘आचारसंहिता उल्लङ्घनको  निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेका छौँ,’ सचेतक बर्तौलाले भनेका छन् ।
गएराति १२ बजेबाट मौनअवधि सुरू भएको भएपनि कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनलाई प्रभावित गर्नेगरी कुनै उम्मेदवरको पक्षमा निर्णय गरेर प्रचारप्रसार गरेको भन्दै उजुरी दर्ता गरिएको हो ।
‘उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ । तर, शून्य समय प्रारम्भ भइसकेको अवस्थामा कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिताविपरीत उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवको पक्षमा मत हाल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । यसले उपराष्ट्रपतिजस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको छ,’ सचेतक बर्तौलाले भनेका छन् ।
कांग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको आरोप एमालेको छ ।
यसअघि आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै