२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार बनाउँछ : केपी ओली

२०७९, २ चैत्र बिहीबार ११:१३

चैत २, काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार गठन गर्ने बताएका छन्।

कानुनका विद्यार्थीसँग केपी ओली कार्यक्रममा ओलीले प्रचण्डले विश्वासको मत नपाए संविधान अनुसार ठूलो पार्टीका हिसाबमा कांग्रेसले सरकार बनाउने बताएका हुन्।


'यदी प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नु भएन भने प्रमुख पार्टीका हिसाबले नेपाली कांग्रेसले सरकार बनाउँछ अहिलेको स्थिति त्यहि होइन र?,' ओलीले भने।

उनले कांग्रेसले पनि सरकार बनाएर विश्वासको मत नपाए प्रतिनिधिसभाको कुनै एक सदस्यले बहुमत पष्टि गरे प्रधानमन्त्री नियुक्त हुने बताए। यदी त्यसो हुन नसके संसद विघटन हुने ओलीले कानुनका विद्यार्थीलाई बताएका थिए।

'संसद विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय होइन। राष्ट्रपतिलाई प्रस्तुत गरेका आधार भरपर्दो लागेन भने प्रधानमन्त्रीले निर्वाचनको मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुपर्दछ। संविधानले प्रधानमन्त्रीलाई बाध्य पारेको छ,' उनले भने।

आफूले गरेको संसद विघटनको बचाउ गर्दै उनले आफूले दोस्रो पटकको विघटन बाध्य भएर गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन्। उक्त जानकारी संसद सचिवालयलाई प्राप्त भएको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै