२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री छान्न माधव नेपाले बोलाए सचिवालय बैठक, क–कसको नाम मन्त्री बन्नेको चर्चामा ?

२०७९, ५ चैत्र आईतवार ०६:४२

चैत ५, काठमाडौँ | माधव नेपालले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम फाइनल गर्न पार्टीको सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेसँगै नेपालले आफ्नो दलबाट सरकारमा सहभागी हुनेहरुको नाम टुँगो लगाउने भएका छन् । त्यसको लागि भोलि (सोमबार) उनले सचिवालय बैठक बोलाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने दुई मन्त्रालय र एक राज्यमन्त्री मात्रै दिन सकिने वचन दिएका छन् । त्यसमा पनि एकीकृत समाजवादीले गृहमन्त्रालयमा दाबी गरेको छ। प्रधानमन्त्री दाहाल माधव नेपालको दललाई सम्मानजनक मन्त्रालय दिन तयार रहेको बालुवाटारको दाबी छ ।

एकीकृत समाजवादीमा १० जना सांसद छन् । अध्यक्ष नेपालबाहेक सबै सांसद मन्त्री बन्ने दौडमा छन् । तर, यसपटक नेपालले राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एक जनालाई नेतृत्व गरेर सरकारमा पठाउने तयारी गरेका छन् ।

पाण्डेले पनि यसअघि उपराष्ट्रपतिको निर्वाचनको दिन (चैत्र ३) गते आफ्नो दलले एक नम्बरको मन्त्रालय पाउने दाबी गरेका थिए । एकीकृत समाजवादीबाट प्रेम आले, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढालगायत मन्त्री बन्ने दौडमा छन् । अध्यक्ष नेपालले भोलिको सचिवालय बैठकमार्फत मन्त्री बन्नेहरुको नाम तय गर्नेछन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै