२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विराटनगरमा हवाइ फायर, चार जना पक्राउ

२०७९, ५ चैत्र आईतवार १०:४६

चैत ५, काठमाडौँ | प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शनमा गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा चार जना प्रदर्शनकारी पक्राउ परेका छन्। 

ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश १ को पुन: नामकरण गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

महेन्द्र चौकबाट सुरु भएको र्‍याली रोडशेष हुँदै निषेधाज्ञा क्षेत्रभित्र प्रवेश गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वरिपरि मोरङ प्रशासनले जारी गरेको निषेधाज्ञा क्षेत्रभित्र प्रदर्शनकारीहरू प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ। 

त्यसको विरुद्धमा आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री कार्कीको पुत्ला दहन गर्दै ढुंगामुडा गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङले देवकोटा चौकस्थित प्रदेशसभा सचिवालय र रोडशेषस्थित मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। 

उक्त क्षेत्रमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ। सो क्रममा केही राउण्ड हवाइ फायर समेत गरिएको स्थानीयले बताएका छन्। 

प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। प्रदर्शनकारीहरूले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका छन्। प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै