2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मलाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर म बालकोट गएको होइन : प्रचण्ड

चैत ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १० गते आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालकोट नगएको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफू प्रधानमन्त्री खोज्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट नगएको बताए।

‘तपाईंहरुले (एमाले नेताहरूले) केही समयदेखि बल गर्दै हुनुहुन्थ्यो आइदिए हुन्थ्यो भनेर। मचाहिँ यतै (कांग्रेस नेतृत्वको गठबन्धनतिर) बल गर्दै थिएँ। म यही गठबन्धन बढी नेचुरल छ, यतै बल गर्दै थिएँ, अन्तिम समयमा पनि। त्यसकारण म खोज्दै गयो भन्नुभयो भने त्यो सत्य होइन’, उनले भने।

प्रचण्डले आफूलाई एमालेबाट बोलाइएको बताए। ‘अनेक गरेर बोलाउनुभयो। के के गर्नुभयो, अहिले म भन्दिनँ। तपाईंहरुले कांग्रेसलाई के भन्नुभयो, मलाई के भन्नुभयो, अर्को मेरो साथीलाई के भन्नुभयो, बोलाउनु तपाईंहरुले भयो। बाइ द वे, म जानुपर्ने परिस्थिति बन्यो, गएँ’, उनले भने।

गत पुस १० गते प्रचण्ड एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए। त्यहीँ नयाँ सत्ता साझेदारी बनेको थियो।

आफूलाई प्रधानमन्त्री बनाएकोमा ओलीप्रति आफूले आभार व्यक्त गरेको बताए। उनले भने, ‘मैले तपाईंलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो। तपाईंले तिर्नुभयो। अझै एउटा बाँकी छ। एउटा त तिर्नुभयो। एउटा बाँकी छ। हिसाब राख्नुहोला’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक