२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु

२०७९, ८ चैत्र बुधबार ०८:५६

चैत ८, काठमाडौं | पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने निश्चित भएको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्न लागेकी हुन् ।

गत संसदीय चुनावमा यस पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । रेशम पत्नी रञ्जिता कैलाली १ बाट विजयी भएकी थिइन् । रेशमका बुवा लालवीर चौधरीले पनि बर्दिया २ बाट जित हासिल गरेका थिए । रञ्जिताले आफ्नो पार्टीले गठवन्धनमा दुईवटा मन्त्रालयको दावी गर्ने बताइन् । यही मन्त्रालय चाहिन्छ भन्ने नभएको उनको भनाइ छ ।‘हामीले दुईवटा मागेका छौं । छलफल चलिरहेको छ । सायद एक–दुई दिनमा टुंगिन्छ होला,’ श्रेष्ठले भनिन् ।

प्रधानमन्त्री प्रचण्डले भने नागरिक उन्मुक्तिका लागि एक मन्त्री छुट्याएका छन् । गठवन्धनमा रहेका ११ वटा पार्टीलाई भाग पुर्याउनुपर्ने भएकाले उन्मुक्तिलाई एकभन्दा बढी मन्त्री दिन सम्भव देखिएको पनि छैन ।उन्मुक्तिले यसअघि उपराष्ट्रपति पदमा प्रयास गरेको थियो । रञ्जिता आफैं सो पदकी आकांक्षी थिइन् । तर, उनको उमेर नपुगेपछि उम्मेदवारी दिनबाट वञ्चित भइन् । अब उनी मन्त्री बन्न कम्मर कसेकी छन् ।तपाईंलाई उपप्रधानमन्त्री चाहिन्छ कि मन्त्रीमात्रै बन्न पनि तयार हुनुपर्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘हामीले उपप्रधानमन्त्री चाहिन्छ भनेका छैनौं ।’

रञ्जिताले आफ्नो पतिको रिहाइका लागि सकारात्मक कुराकानी भइरहेको बताइन् । आफू मन्त्री बन्ने र पति रिहाइ हुने सँगसँगै हुन सक्ने उनको भनाइ छ । ‘हामी अडानबाट पछि हटेका छैनौं । यसमा गृहकार्य भइरहेको छ । छुट्ने भएकाले नै हामी सरकारमा जान लागेका हौं । सायद एकैचोटिजस्तो हुन्छ होला,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै