२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘बाध्यताले देश छोड्नुपर्ने अवस्था परिवर्तन गर्छु’: प्रधानमन्त्री

२०७९, ८ चैत्र बुधबार १०:१४

चैत ८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।

वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा श्रम गर्ने युवाहरूकै मेहनतले नेपालको अर्थतन्त्र चलेको भए पनि अब बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

प्रधानमन्त्री दाहालको भनाइ छ– ‘देशमा आन्तरिक रोजगारी सिर्जना गरी यो उत्पादनशील र सङ्घर्षशील देशको जनशक्तिलाई देशको विकासमा लगाउनुपर्ने चुनौती हामी सबैलाई छ । अहिले बाध्यतावश विदेसिनु परेको युवाहरूले देशको अर्थतन्त्रलाई सहयोग पुराइरहेको छ । बाध्यताले बाहिर जानु परेको अवस्थालाई परिवर्तन गर्ने छौँ ।’

वैदेशिक रोजगारीका लागि बाहिरिने युवाहरुलाई दुःख दिने कार्य सरकारलाई सह्य नहुने बताएका उनले बाध्यताले बाहिरिएका युवाहरूको अवस्था परिवर्तन गर्न देशमा स्वरोजगार सिर्जना गर्न आवश्यक पहल गर्ने वचन दिए ।

प्रधानमन्त्रीले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेकाहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको जानकारी दिए । उनले देश भित्रै जनशक्तिलाई उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक पहल गर्ने वचन दिए ।

सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले वैदेशिक रोजगारीमा रहेकाहरूले आवश्यकता अनुसार यो सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने बताए ।

उनका अनुसार श्रम स्वीकृति दिँदा, श्रम स्वीकृति नवीकरण गर्दा र नवीकरण गर्ने बेला नभएकाहरू समेत वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत कोषमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै