Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निराधार आरोप लगाएर मेरो चरित्र हत्या गरियो: आरजु राणा

२०८०, १९ बैशाख मंगलवार १२:१६

बैशाख १९, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले निराधार आरोप लगाएर आफ्नो चरित्र हत्या भइरहेको बताएकी छन्।

आफूमाथि पछिल्ला केही दिनदेखि व्यक्तिगत र राजनीतिक चरित्र हत्या भइरहेको आरजुको भनाइ छ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने दूषित मनशाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ मंगलबार राणाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

उनले आधारहीन गालीगलौज र लान्छना लगाउने अधिकार कसैलाई नभएको पनि बताएकी छन्।

‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ,’ उनले भनिन्, ‘मविरूद्ध व्यक्तिगत मानमर्दन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको रिस, कुण्ठा र आवेग बुझिदिनुहुन अनुरोध गर्दछु।’

केही व्यक्तिहरूले सञ्चार माध्यमका अन्तर्वार्तामा आफूमाथि नियोजित रूपमा गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने जस्ता कार्य गरिरहेको आरजुको भनाइ छ।

आधारहीन, तथ्यहीन र चरित्रहत्या गर्ने उद्देश्यसहित आएका आरोपलाई स्थान नदिनसमेत आरजुले आग्रह गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ