२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतबाट आएर मिठाइ बेच्नेहरुले कसरी लिए नेपाली नागरिकता ?

२०८०, २४ बैशाख आईतवार ११:४७

वैशाख २४, काठमाडौँ | तिब्बतीलाई नेपाली नागरिकता वितरण र नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीबारे अनुसन्धान गर्दै गृह प्रशासनकै संलग्नता उजागर गरेको प्रहरीले १७ वर्षअघि मधेसमा भएको नागरिकता वितरणमा पनि बदमासी भएको खुलासा गरेको छ ।

प्रहरीले एकपछि अर्को गरेर गृह प्रशासनबाट भइरहेका बदमासीमाथि अनुसन्धान गरिरहेको हो । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले गलत विवरण बुझाएर नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई आइतबार सार्वजनिक गरेको छ । उनीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ७ वटा मिठाइ पसल सञ्चालन गरेर बस्दै आएका थिए ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले पक्राउ परेकाले गलत विवरण बुझाएर नेपाली नागरिकता लिएको र त्यसपछि पनि उनीहरु भारतीय नागरिकका रुपमा पनि यथावत रहेको देखिएको बताए ।

‘पहिलो कुरा त उनीहरु भारतीय नागरिक रहेकै अवस्थामा नेपाली नागरिक रहेको देखियो । दोस्रो कुरा, उनीहरुले नेपाली नागरिकता लिएपछि पनि भारतीय नागरिकता प्रयोग गरेको पाइएको छ’, एसएसपी केसीले भने ।

२०६३ सालमा गृह प्रशासनले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको थियो । त्यतिबेला हजारौं भारतीयले नेपाली नागरिकता पाएको र उनीहरु अहिले पनि दोहोरो नागरिकता लिएको अवस्थामा रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

‘पहिलो कुरा त उनीहरु त्यति बेला नेपाली नागरिकता लिन योग्य थिए कि थिएनन् भन्ने हो । उनीहरुलाई क–कसले सहयोग गरे भन्नेमा पनि हामी अनुसन्धान गर्नेछौं’, केसीले भने ।

प्रहरीले पक्राउ गरेकामध्ये पाँच जनाले घुम्ती शिविरबाट नागरिकता लिएको पाइएको छ । उनीहरु सबैले जन्मका आधारमा नागरिकता लिएका थिए । जन्मको आधारमा नागरिकता लिएका उनीहरुका छोराछोरीले वंशजका आधारमा नागरिकता लिएका थिए । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार एकै परिवारका तीन जना पक्राउ परेका छन् । अन्य पनि नातेदार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जना भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका हुन् । उनीहरु काठमाडौं उपत्यकाका शंखमूल, गंोगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायत स्थानमा मिठाइ पसल सञ्चालन गरेर बसिरहेका थिए ।

सिराहाको मिर्चैया स्थायी ठेगाना देखाएर २०६३ चैत १७ गते जन्मका आधारमा भरतप्रसाद गुप्ताले नागरिकता लिएका थिए । उनीसँग विवाह गरेपछि ज्ञानमती देवी गुप्ताले २०६८ असार ९ गते वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् ।

यस्तै उनीहरुका छोरा राहुलले २०७० साल बैशाख २९ गते वंसजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ । राहुल डाक्टर पनि हुन् । उनीहरुले शंखमूलमा मिठाइ पसल सञ्चालन गर्दै आएका थिए ।

‘यस्ता धेरै घटना अरु पनि छन् भन्ने सुनिएको छ । हामी हेरिरहेका छौं’, केसीले भने । प्रहरीले विगत साढे ३ महिनादेखि यो प्रकरणमा सूक्ष्म अनुसन्धान गरेको जनाएको छ । ‘यसबीचमा हामीले आरोपित व्यक्तिहरुको नेपाली नागरिकता जारी भएको जिल्ला प्रशासन, उनीहरुको सम्पत्ति, भारतमा उनीहरुको ठेगाना र त्यहाँको कागजातबारे बुझेका थियौं’, केसीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो