१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतबाट आएर मिठाइ बेच्नेहरुले कसरी लिए नेपाली नागरिकता ?

२४ बैशाख २०८०, आईतवार ११:४७

वैशाख २४, काठमाडौँ | तिब्बतीलाई नेपाली नागरिकता वितरण र नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीबारे अनुसन्धान गर्दै गृह प्रशासनकै संलग्नता उजागर गरेको प्रहरीले १७ वर्षअघि मधेसमा भएको नागरिकता वितरणमा पनि बदमासी भएको खुलासा गरेको छ ।

प्रहरीले एकपछि अर्को गरेर गृह प्रशासनबाट भइरहेका बदमासीमाथि अनुसन्धान गरिरहेको हो । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले गलत विवरण बुझाएर नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई आइतबार सार्वजनिक गरेको छ । उनीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ७ वटा मिठाइ पसल सञ्चालन गरेर बस्दै आएका थिए ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले पक्राउ परेकाले गलत विवरण बुझाएर नेपाली नागरिकता लिएको र त्यसपछि पनि उनीहरु भारतीय नागरिकका रुपमा पनि यथावत रहेको देखिएको बताए ।

‘पहिलो कुरा त उनीहरु भारतीय नागरिक रहेकै अवस्थामा नेपाली नागरिक रहेको देखियो । दोस्रो कुरा, उनीहरुले नेपाली नागरिकता लिएपछि पनि भारतीय नागरिकता प्रयोग गरेको पाइएको छ’, एसएसपी केसीले भने ।

२०६३ सालमा गृह प्रशासनले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको थियो । त्यतिबेला हजारौं भारतीयले नेपाली नागरिकता पाएको र उनीहरु अहिले पनि दोहोरो नागरिकता लिएको अवस्थामा रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

‘पहिलो कुरा त उनीहरु त्यति बेला नेपाली नागरिकता लिन योग्य थिए कि थिएनन् भन्ने हो । उनीहरुलाई क–कसले सहयोग गरे भन्नेमा पनि हामी अनुसन्धान गर्नेछौं’, केसीले भने ।

प्रहरीले पक्राउ गरेकामध्ये पाँच जनाले घुम्ती शिविरबाट नागरिकता लिएको पाइएको छ । उनीहरु सबैले जन्मका आधारमा नागरिकता लिएका थिए । जन्मको आधारमा नागरिकता लिएका उनीहरुका छोराछोरीले वंशजका आधारमा नागरिकता लिएका थिए । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार एकै परिवारका तीन जना पक्राउ परेका छन् । अन्य पनि नातेदार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जना भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका हुन् । उनीहरु काठमाडौं उपत्यकाका शंखमूल, गंोगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायत स्थानमा मिठाइ पसल सञ्चालन गरेर बसिरहेका थिए ।

सिराहाको मिर्चैया स्थायी ठेगाना देखाएर २०६३ चैत १७ गते जन्मका आधारमा भरतप्रसाद गुप्ताले नागरिकता लिएका थिए । उनीसँग विवाह गरेपछि ज्ञानमती देवी गुप्ताले २०६८ असार ९ गते वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् ।

यस्तै उनीहरुका छोरा राहुलले २०७० साल बैशाख २९ गते वंसजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ । राहुल डाक्टर पनि हुन् । उनीहरुले शंखमूलमा मिठाइ पसल सञ्चालन गर्दै आएका थिए ।

‘यस्ता धेरै घटना अरु पनि छन् भन्ने सुनिएको छ । हामी हेरिरहेका छौं’, केसीले भने । प्रहरीले विगत साढे ३ महिनादेखि यो प्रकरणमा सूक्ष्म अनुसन्धान गरेको जनाएको छ । ‘यसबीचमा हामीले आरोपित व्यक्तिहरुको नेपाली नागरिकता जारी भएको जिल्ला प्रशासन, उनीहरुको सम्पत्ति, भारतमा उनीहरुको ठेगाना र त्यहाँको कागजातबारे बुझेका थियौं’, केसीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण