२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

…त्यसपछि फुकाले अमरेशले संसदमै लुगा, निष्काशन हुनबाट जोगिए

२०८०, २५ बैशाख सोमबार ०६:३०

वैशाख २५, काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै स्वतन्त्र सांसद अमरेश कुमार सिंह आफ्नो आसनबाट उठेर बोल्न खोजे । सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न खोजे । तर, सभामुख देवराज घिमिरेले बोल्ने समय दुबै जनालाई समय दिएनन् ।  त्यसपछि आक्रोशित बन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले धमाधम आफ्नो कम्मरमाथिको कपडा फुकाल्न थाले ।  उनले सर्टदेखि भित्री भेस्टसम्म फुकालेर सर्वाङ्ग बने ।

उनले धमाधम लुका फुकाल्न थालेपछि सभामुख नै एकछिन अलमलमा देखिए । त्यही क्रममा संसदका कर्मचारीहरुको सहयोग लिएर उनले भने, ‘माननीय सदस्य बसौँ म तपाईंलाई नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्न चाहन्छु । माननीय सदस्य तपाईँ अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरु नदेखाउनुस्, त्यस्तो अभिव्यक्ति नगर्नुस् । माननीय सदस्य अमरेश कुमार सिंह, जुन व्यवहारहरु देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा तपाईँलाई चेतावनी दिन चाहन्छु । तपाईँ आफ्नो ठीक ढंगबाट बस्नुस् ।’

सभामुखले पटक पटक उनलाई चेतावनी दिइरहे । यस्तै अन्य सांसदहरुले पनि आसनबाट उठ्दै अमरेशको हर्कतको आलोचना गरे ।  उनले असभ्य व्यवहार हटाएर सभ्यताका साथ आफ्नो कुराहरु नियमअनुसार राख्न पनि निर्देशन दिए । उनले नियम नमाने थप अन्य कारबाही हुने चेतावनी दिएपछि अमरेश संयमित बन्न खोजेका थिए, तर त्यतिबेलासम्म हंगामा भइसकेको थियो ।  सभामुखको लगातारको चेतावनीपछि अमरेशले आफूले फुकालेको लुगा लगाए भने त्यसपछि सदन सहज ढंगले अगाडि बढ्यो । तर, सांसदहरुले सिंहको हर्कतको कारबाही हुनुपर्नेमाग समेत गरेका छन् ।

 निष्काशन हुनबाट जोगिए

सांसद अमरेशकुमार सिंह प्रतिनिधि सभाको सोमबारको बैठक कक्षबाट निष्काशन हुनबाट जोगिएका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा सभामुखले सांसद सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्नका लागि चेतावनी दिनसक्ने व्यवस्था  छ । चेतावनी पाएपछि अभद्र व्यवहार गर्ने सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । त्यसै अनुसार सिंहले आफुले फुकाएको लुगा लगाएका हुन् । स्वतन्त्र सांसद सिंहले फुकालेको लुगा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गरेका थिए । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था छ ।

नियम २० को चेतावनी पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्ने व्यवसथा छ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्छ । बैठकबाट निष्काशन भइसकेपछि उक्त दिनको बाँकी अवधिको बैठकमा निष्काशन भएको सांसद उपस्थित हुन नपाउने व्यवस्था छ ।

सभामुखको ओदश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्नेछन् । मर्यादापालकको सहयोगबाट निष्काशन सदस्यले त्यसपछिको तीन दिनसम्म सांसद वा कुनै समितिको भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले त्यसको स्रूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा