२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घट्यो– विश्व बैंक

२०८०, २५ बैशाख सोमबार १२:१५

वैशाख २५, काठमाडौँ | नेपालको गरिबी घटाउन रेमिटेन्सले ४० प्रतिशतसम्म योगदान गरेको विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको छ। सोमबार विश्व बैंकले सार्वजनिक गरेको 'वैदेशिक रोजगार, शणनार्थी र समाज' शीर्षकको रिपोर्टले यस्तो देखाएको हो। 

रिपोर्ट अनुसार सन् २०११ देखि २०११ मा खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घटाउन ४० प्रतिशतसम्म योगदान गरेको छ। नेपालमा रेमिटेन्स प्राप्त गर्ने परिवारलाई आफूले गर्ने कामको अवधि घटाउन समेत सहयोग पुगेको रिपोर्टमा उल्लेख छ। विशेषगरी महिलाहरूले गर्ने कृषि र अनौपचारिक काम घटाउन सहयोग पुगेको देखिन्छ। नेपालले अर्थतन्त्रको आकारको करिब २२ प्रतिशत बराबर रेमिटेन्स प्राप्त गर्दै आएको छ। 

अर्थतन्त्रको आकारलाई पाँच भागमा बाड्ने हो भने एक भाग बराबर रेमिटेन्स रकम प्राप्त गर्ने देखिएको हो। यसै आधारमा धेरै रेमिटेन्स प्राप्त गर्ने मध्ये नेपाल १०औं मुलुकमा पर्दछ।  रिपोर्टका अनुसार कम दक्षता भएपनि नेपालीहरूले अमेरिकामा अन्यको तुलनामा राम्रै कमाइ गरिरहेका छन्। अमेरिकामा काम गर्ने ४२ देशका कम दक्षता भएकामध्ये कमाइका आधारमा नेपाली १४औं स्थानमा छन्। 

रिपोर्टले कतार जाने नेपालीको सरदर तीन महिना बढी अवधिको कमाइले त्यहाँ जाँदाको लागत धान्ने गरेको देखाएको छ। कतार जाने भारतीयले भने त्यहाँ हुने २ महिनाको कमाइले नै लागत धान्ने सक्छन्। साउदी अरेबिया जाने पाकिस्तानीलाई भने आफ्नो लागत उठाउन सरदर १० महिनाभन्दा बढी लाग्ने गरेको रिपोर्टमा उल्लेख छ। कोरियामा हुने कमाइले त्यहा वैदेशिक रोजगारीमा जानेको लागत तुलनात्मक रुपमा कम अवधिमै उठ्ने गरेको देखिएको छ। 

थाइल्याण्ड, इण्डोनेसिया र भियतनामजस्ता मुलुकबाट त्यहाँ जानेको कमाइले कम समयमै यस्तो लागत धान्न सक्षम भएको देखाएको छ। विशेषगरी सरकारी स्तरबाट श्रम सम्झौता हुँदा पनि यस्तो लागत घटेको देखिएको हो। वैदेशिक रोजगारीले आर्थिक वृद्धि र सबै राष्ट्रबीच समृद्धि कायम गर्न सहयोग पुग्ने विश्व बैंकको यो रिपोर्टको निचोड छ। 

'विश्व श्रम बजारमा वैदेशिक रोगजारीबाट कामदार पठाउने र लिने दुवै राष्ट्रले अधिकतम लाभ लिन युवाहरूलाई दक्ष तथा सबल बनाउनु पर्ने देखिन्छ,' विश्व बैंकका लागि यस प्रतिवेदन तयार गर्ने कार्यदलका प्रमुख जोयस एन्टोनी इब्राहिमले बताए।

विश्व बैंकको प्रतिवेदनले विश्वभर बुढ्यौली लाग्ने क्रममा रहेका जनसंख्या अप्रत्याशित रुपमा वृद्धि भइरहेको र वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीमा धेरैजसो मुलुक धानिनु पर्ने अवस्थामा रहेको उल्लेख गरेको छ। धनी र मध्यम आय भएका मुलुकहरूको घट्दो जनसंख्याका बीच त्यहाँ  वैदेशिक रोजगारीमा रहेकोहरूले भने तीव्र प्रतिस्पर्धा समाना गर्न परिरहेको समेत रिपोर्टमा उल्लेख छ। तर, कम आम्दानी भएका मुलुकहरूलाई भने उच्च दरमा बढेको जनसंख्या र मुलुकभित्रै रोजगारी सृजनामा दबाब परिरहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो