१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिकाको धम्कीपूर्ण दबाब नभएको भए बालकृष्ण र टोपबहादुर मुछिँदैनथे : रवीन्द्र मिश्र

२८ बैशाख २०८०, बिहीबार ०८:१५

वैशाख २८, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्।

भ्रष्टाचारको छानबिनका लागि पनि विदेशी दबाब नै चाहिएको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईँलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।’

उनले कांग्रेस सांसद आरजू देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिन आग्रह गरेका छन्।

‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन उनको भनाइ छ।

उनको स्ट्याटस जस्ताको त्यस्तैः

भ्रष्टाचारको छानबिनका लागि पनि

विदेशी दबाब नै चाहिने !

भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईँलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।

कांग्रेस सांसद आरजू देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिनु होला।

भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवत: गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।

होइन, कल्पना गर्न सकिन्छ भनेर कसैले सोच्नुभएको छ भने, विचार गर्नुहोस् त-

माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनिया जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढी गण्डकी काण्ड जस्ता अनगिन्ती काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन् ?

तसर्थ, ‘वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ’ भन्नु बेकार छ। जुन दिन माथि उल्लेख गरिएका जस्ता सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे, जे भन्नु पर्छ भनौँला।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तर आत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने, उहाँले पालैपालो अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्न सक्नुहुन्छ भन्नेमा सन्देह छैन। होइन भने, यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण छैन। यो केवल भ्रष्टाचारको कालो मोसो पोतिएको अनुहारमा विशेष कारणवश सेतो रङ्ग दल्ने प्रयास मात्र हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण