२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बयानमा आलटाल गरिरहेका खाण- हरेक प्रश्नमा घोरिन्छन्

२०८०, २ जेष्ठ मंगलवार ०९:५५

जेठ २, काठमाडौँ | काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अदालतबाट थुना अनुमति लिएकै दिन सोमबार पूर्वमन्त्री टोपबहादुर रायमाझीको बयान सिध्यायो । आइतबार राति पक्राउ परेका रायमाझीलाई सोमबार साँझ ४ बजेदेखि बयान सुरु गरेर साढे नौ बजे सिध्याइएको थियो । तर, रायमाझीभन्दा ६ दिन अगाडि पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको भने अझै बयान सकिएको छैन । मंगलबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान चलिरहेको छ ।

गत बुधबार पक्राउ परेका खाणको हिजो मात्रै बयान सुरु भएको हो । ५ दिनसम्म उनी बयान दिन तयारै भएका थिएनन् । बल्लतल्ल हिजो बयान दिए । तर, डेढघन्टा सोधपुछपछि उनले ‘पेट दुखेको’ गुनासो गरे । त्यसपछि डेढ घन्टामै हिजोको बयान स्थगित भयो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार खाँणले निकै सुस्त तरिकाले बयान दिइरहेका छन् ।

‘उहाँले हरेक प्रश्न जवाफ दिन एकदमै समय लिइरहनुभएको छ । प्रश्नैपिच्छे घोरिनुहुन्छ,’ स्रोतले भन्यो । हिजो पनि उनले आफू अस्वस्थ रहेको भन्दै बयान दिन आनाकानी गरेका थिए । तर, सरकारी वकिलले जति सक्नुहुन्छ दिनुस् भन्दै फकाएका थिए ।

‘मलाई सञ्चो छैन, आज पनि नगरौँ भन्दै हुनुहुन्थ्यो । तर हामीले तपाई जतिबेलासम्म सक्नुहुन्छ गरौँ भनेपछि तयार हुनु भयो । डेढ घण्टापछि अब नगरौं भन्नु भयो । त्यसपछि स्थगित गर्यौं,’ काठमाडौं जिल्ला सरकारी कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले भने ।

प्राविधिक परिक्षणको काम बाँकी रहेको र अरु कारणले खाणको बयान ढिलो सुरु भएको न्यौपानेको भनाइ छ । खाणको मोबाइल प्रहरीले बराबद गरेको थियो । तर, मोबाइल फम्र्याट गरेको पाइएकाले रिकभर गर्न विधिविज्ञान प्रयोगशाला पठाइएको थियो । त्यसको रिपोर्ट प्रतीक्षा गर्नुपर्ने भएकाले तत्काल बयान नलिइएको उनी बताउँछन् ।

‘मोबाइल परीक्षणको रिपोर्ट आएपछि प्रश्न सोध्न सजिलो हुन्छ भनेर हामीले कुरेका थियौँ’, न्यौपानेले भने ।

गम्भीर प्रकृतीका मुद्दामा बयानले समय लिने उनले बताए ।

‘अभद्र व्यवहारजस्ता सामान्य प्रकृतिका मुद्दामा एक घण्टामै पनि बयान सकिन्छ । ठूला मुद्दामा ५/६ घण्टा पनि लाग्न सक्छ’, उनले भने । प्रमाणसहित गरिने प्रश्नहरुमा आरोपीहरुले समय लिने गर्छन् ।

खाणले आफ्ना कानून व्यवसायीहरुसँग सबै सल्लाह लिइसकेर मात्रै बयानमा बस्न चाहेको बुझिन्छ । पूर्वतयारी नभएका प्रश्नको जवाफ दिन उनले समय लगाउने गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनामध्ये ११ जनाको बयान सकिइसकेको छ । खाण र हिजो आत्मसमर्पण गरेका पूर्वसभासद आङतावा शेर्पाको मात्रै बयान बाँकी छ । प्रहरी र सरकारी वकिल कार्यालय समयको दवावमा पनि छन् । कानूनतः कुनै पनि मुद्दामा अभियुक्त पक्राउ परेको ६० दिनभित्र अदालतमा अभियोगपत्र दर्ता गरिसक्नुपर्छ ।

नक्कली शरणार्थीको मुद्दामा प्रहरीले पहिलो पक्राउ चैत १२ गते गरेको थियो । त्यही दिनबाट गणना भएर ६० दिनभित्र जिल्ला अदालत कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा बुझाउनुपर्छ ।

त्यसअघि प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाउँछ । प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रमाणहरुको अवस्था हेरेर कसलाई कुन मुद्दा लगाउने भन्ने सरकारी वकिलको कार्यालयले निर्णय लिने हो । उसले चाह्यो भने मुद्दा नचलाउने निर्णय पनि गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा