२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुराकीको नाममा मन्त्री र सचिवले खान्थे मासिक २२ लाख !

२०८०, ४ जेष्ठ बिहीबार ०६:१९

जेठ ४, काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले गरेको एउटा निर्णयले निकै चर्चा पायो । त्यो निर्णय थियो– सुराकी खर्च खारेज ।  श्रेष्ठले सुराकी खर्चको दुरुपयोग हुने गरेको सुइँको पाएसँगै यसलाई खारेजी गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । गृहमन्त्री श्रेष्ठको प्रस्तावअनुसार सुराकी परिचालनसम्बन्धी खर्चको प्रावधान चैत तेस्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले खारेज गरिदिएको थियो । 

त्यसअघिसम्म गृहमन्त्री र गृह सचिवले सुराकी खर्चको नाममा रकम बुझ्दै आएका थिए । सुराकी परिचालन शीर्षकमा गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २५ हजारसम्मको खर्च फाँटबारी नदेखाई गर्न पाउने व्यवस्था हुँदा यसको व्यापक दुरुपयोग हुने गरेको बताइँदै आएको थियो । मन्त्रिपरिषद्बाटै यसबारे निर्णय भएपछि अब मन्त्री र सचिवले मनोमानी रूपमा  बुझ्ने रकममा लगाम लागेको श्रेष्ठले बताउँदै आएका छन् । 

बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिको टोलीसँगको भेटवार्तामा पनि श्रेष्ठले यो कुरा खुलाएका छन् । उनले सुराकीको नाममा गृहमन्त्री र सचिवले मासिक २२ लाखसम्म खल्तीमा हाल्ने गरेको पाइएपछि आफूले यसको खारेज गरेको बताएका छन् ।  ‘हरेक महिना गुप्तचरी गर्ने भनेर गृहसचिवले ७ लाख र गृहमन्त्रीले १५ लाखसम्म खल्तीमा हाल्ने रहेछन्’, टोलीसँग श्रेष्ठले भने, ‘त्यसलाई मैले खारेज गरिदिएँ ।’

उनले गृह मन्त्रालय भ्रष्टाचारीहरूमाथि निर्मम बन्ने बताउँदै सरकार देशमा सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताए । आफूले देशभरका सीडीओहरुलाई मिजर ब्याजीहरुलाई संरक्षण नगर्न सचेत गराउँदै आवश्यक निर्देशन दिइसकेको बताएको गृहमन्त्रीको भनाइ उदृत गर्दै समितिका एक नेताले बताए । केही समयअघि मात्रै सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न उच्चस्तरीय समिति बनाएको थियो । समितिले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत  मिटरब्याजीहरुविरुद्ध उजुरी आह्ववान गरेको सन्दर्भमा गृहमन्त्रीले सीडीओहरुलाई सचेत गराएका हुन् ।  

यस्तै राष्ट्रिय परिचयपत्रको ठेक्का लगाएर विदेशीहरुलाई सूचना  बेच्ने प्रपञ्चलाई आफूले खारेज गरेको पनि श्रेष्ठको भनाइ थियो ।  श्रेष्ठले सो क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता