१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुराकीको नाममा मन्त्री र सचिवले खान्थे मासिक २२ लाख !

४ जेष्ठ २०८०, बिहीबार ०६:१९

जेठ ४, काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले गरेको एउटा निर्णयले निकै चर्चा पायो । त्यो निर्णय थियो– सुराकी खर्च खारेज ।  श्रेष्ठले सुराकी खर्चको दुरुपयोग हुने गरेको सुइँको पाएसँगै यसलाई खारेजी गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । गृहमन्त्री श्रेष्ठको प्रस्तावअनुसार सुराकी परिचालनसम्बन्धी खर्चको प्रावधान चैत तेस्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले खारेज गरिदिएको थियो । 

त्यसअघिसम्म गृहमन्त्री र गृह सचिवले सुराकी खर्चको नाममा रकम बुझ्दै आएका थिए । सुराकी परिचालन शीर्षकमा गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २५ हजारसम्मको खर्च फाँटबारी नदेखाई गर्न पाउने व्यवस्था हुँदा यसको व्यापक दुरुपयोग हुने गरेको बताइँदै आएको थियो । मन्त्रिपरिषद्बाटै यसबारे निर्णय भएपछि अब मन्त्री र सचिवले मनोमानी रूपमा  बुझ्ने रकममा लगाम लागेको श्रेष्ठले बताउँदै आएका छन् । 

बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिको टोलीसँगको भेटवार्तामा पनि श्रेष्ठले यो कुरा खुलाएका छन् । उनले सुराकीको नाममा गृहमन्त्री र सचिवले मासिक २२ लाखसम्म खल्तीमा हाल्ने गरेको पाइएपछि आफूले यसको खारेज गरेको बताएका छन् ।  ‘हरेक महिना गुप्तचरी गर्ने भनेर गृहसचिवले ७ लाख र गृहमन्त्रीले १५ लाखसम्म खल्तीमा हाल्ने रहेछन्’, टोलीसँग श्रेष्ठले भने, ‘त्यसलाई मैले खारेज गरिदिएँ ।’

उनले गृह मन्त्रालय भ्रष्टाचारीहरूमाथि निर्मम बन्ने बताउँदै सरकार देशमा सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताए । आफूले देशभरका सीडीओहरुलाई मिजर ब्याजीहरुलाई संरक्षण नगर्न सचेत गराउँदै आवश्यक निर्देशन दिइसकेको बताएको गृहमन्त्रीको भनाइ उदृत गर्दै समितिका एक नेताले बताए । केही समयअघि मात्रै सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न उच्चस्तरीय समिति बनाएको थियो । समितिले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत  मिटरब्याजीहरुविरुद्ध उजुरी आह्ववान गरेको सन्दर्भमा गृहमन्त्रीले सीडीओहरुलाई सचेत गराएका हुन् ।  

यस्तै राष्ट्रिय परिचयपत्रको ठेक्का लगाएर विदेशीहरुलाई सूचना  बेच्ने प्रपञ्चलाई आफूले खारेज गरेको पनि श्रेष्ठको भनाइ थियो ।  श्रेष्ठले सो क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी