१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगार व्यावसायीका समस्या समाधानका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

४ जेष्ठ २०८०, बिहीबार ११:३५

जेठ ४, काठमाडौँ | वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो ।

केही समस्याहरू गृह मन्त्रालय मातहत रहेकाले ती समस्यामा समाधान गर्न गृहमन्त्रीलाई आग्रह गरिएको मञ्चका अध्यक्ष धनलाल जैसीले बताए ।


वैदेशिक रोजगार ऐन २०६४ ले तोकिएको धरौटी राखी वैदेशिक रोजगार विभागबाट ईजाजतपत्र प्राप्त मेनपावर कम्पनीहरुलाई मात्र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने व्यवस्था छ । हाल २ करोड देखी ६ करोड लगानी गरेका करिब ९ सय व्यवसायी क्रियाशील रहेका छन् । तर, शैक्षिक परामर्शदाताको अनुमति लिएका कन्सल्टान्सीहरुले अमेरिकी मुलुक, युरोपेली मुलुक तथा क्यानडा लगायतका देशमा वर्कपर्मिट भिसामा पठाउने नाममा ठगी गर्ने गरेको मञ्चको भनाई छ । त्यसका लागि लाखौं पासपोर्ट, करोडौँ रकम लिएको र कतिपयलाई अलपत्र पारेको अवस्था देखिएको अध्यक्ष जैसीको भनाई छ ।

विदेशमा रोजगारीको पूर्ण प्रत्याभूति नभई आकर्षक प्रलोभनमा युवायुवतीलाई विदेश पठाउँदा उनीहरुले रोजगारी नपाउने र ती मुलुकमा प्राकृतिक विपत्ति वा राजनीतिक वा सामाजिक विश्रृंखलता उत्पन्न भएमा मुलुकले उनीहरुलाई सकुशल स्वदेश फर्काउन समस्या पर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरिएको हो ।

त्यस्तै वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएको अनुचित सिण्डिकेट हटाउन समेत माग गरेका छन् ।

अहिले साउदी दूतावासको भिषा सेन्टर स्थापना तथा निजी कम्पनीलाई सेवा सञ्चालनको एकाधिकार दिने काम भइरहेको भन्दै मन्चले त्यसको विरोध गरेको छ ।

त्यस्तै वैदेशिक रोजगारमा कामदार पठाउँदा व्यवसायीले लिन पाउने सेवा शुल्क अव्यवहारिक भएको भन्दै त्यसको समाधानमा लागि आग्रह गरिएको छ ।

कामदार पठाउँदा १० हजार रुपैयाँ शुल्क लिनुपर्ने व्यवस्थाले गर्दा श्रमिक ठगिने गरेको भन्दै मन्चले त्यसलाई सच्याउनुपर्ने माग गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग