Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मदन राईले आफ्नै घरमा लगेर किशोरीहरूमाथि दुर्व्यवहार गर्थे : प्रतिवेदन

२०८०, ७ जेष्ठ आईतवार ०९:४८

जेठ ७, काठमाडौँ | खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नग्रपालिका २ मा रहेको मदन (शुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको । आइतबार काठमाडौँमा सार्वजनिक अध्ययन प्रतिवेदनमा आफूलाई कृषि वैज्ञानिक भन्ने मदन राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको शुभद्रा मदन फाउण्डेशनमार्फत सञ्चालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको पाइएको उल्लेख गरिएको छ । 

स्थलगत अध्ययन समितिको प्रतिवेदनबारे जानकारी दिँदै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्माले विद्यालयको प्रार्थनाको समय वा अन्य कुनै समयमा पनि बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकाहरूलाई लहरै राखेर यौनजन्य गतिविधि गर्ने/गर्न लगाउने गरेको पाइएको बताए । 


राईले सहरी शिक्षाका लागि भन्दै ललितपुरस्थित आफ्नै घरमा लगेर समेत किशोरीहरूमाथि दुर्व्यवहार गर्ने गरेको र शारीरिक सम्पर्कपछि रजस्वला भए/नभएको बारेमा पनि सोधपुछ गर्ने गरेको पाइएको शर्माले जानकारी दिए । अध्ययन समितिले विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको पाइएको र उक्त क्याफेहरूमा कर्मचारीको रूपमा बालबालिका र किशोरीहरूलाई काम लगाउने गरेको पाइएको बताएको छ । 

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले मदन राईलाई पक्राउ गरेपछि बालबालिकाहरूलाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । साथै अध्यक्ष राईमाथि समेत यौन दुर्व्यवहारको आरोप लागेको तर जाहेरी दर्ता नभएको कारण मुद्दा दर्ता प्रक्रिया अघि नबढेको अध्यक्ष शर्माले बताए । विद्यालयभित्र जोसुकैले पनि प्रवेश गर्न पाउने भएकाले बालबालिकाहरू थप जोखिममा रहेको निष्कर्ष निकालेको छ । त्यस्तै विद्यालयले सञ्चालन गरेको आवास गृह कतै पनि दर्ता नगरेको पाइएको अध्यक्ष शर्माको भनाई छ । 

अध्ययन समितिले पीडित बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानुन विपरीतका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन, विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । राईले सञ्चालन गरेको विद्यालयमा अहिले पनि १०१ जना बालबालिका रहेको र प्रहरीले मदन राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ