१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगारमा कामदार पठाउने कोटा प्रणाली हट्ने

८ जेष्ठ २०८०, सोमबार १२:२४

जेठ ८, काठमाडौँ | वैदेशिक रोजगारीमा लाग्दै आएको कोटा प्रणाली हट्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्था छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त बाध्यकारी व्यवस्था हटाउन थालेको हो । त्यसका लागि आवश्यक कानुन संशोधनका लागि प्रक्रिया अगाडि बढाएको हो ।

कोठा सिस्टमले व्यवसायी मर्कामा परेको भन्दै मन्त्रालयले कानुन संशोधन गर्न लागेको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरूले दबाब दिँदै आएका थिए । उक्त निर्णय व्यवहारिक नभएको भन्दै उनीहरूले निरन्तर कोटा प्रणाली हटाउन माग गर्दै आएका छन् ।


सोही आधारमा श्रम मन्त्रालयले कोटा प्रणाली हटाउन लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका उप–सचिव सुशील प्रसाद आचार्यले कोटा प्रणाली व्यवहारिक नभएको भन्दै हटाउन लागिएको बताए ।

‘नेपाल सरकारले लाइसेन्स दिने हो । त्यसले १०० जना पठाओस् कि २०० जना । लाइसेन्स दिने र रिन्यु गर्नको लागि के के प्रक्रिया पुरा गर्नुपर्छ भन्ने त्यो तोकिदिएकै छ । यदि उसले कामदार पठाउन सकेन भने त्यसै पनि बन्द भइहाल्छ नि । हामीले किन यति मात्र पठा भनेर भन्नुप¥यो ।’ आचार्यले भने ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले १०० जना कामदार पठाउनै पर्ने भनेको फोर्स लेबरको भएको बताए ।

‘मैले कुनै वर्ष ५०० जना पठाए । अनि अर्को वर्ष भने मैले कम्तीमा १०० जना पठाउनै पर्ने भयो । त्यस्तो नाममा मैले जस्तो व्यक्तिलाई पनि पठाउने, जुन काममा पठाउने गर्छु र पछि समस्या हुन्छ । यसमा अस्वस्थ प्रतिस्पर्धा जन्मायो ।’ अध्यक्ष भण्डारीले भने ।

१०० जना पठाउँदा व्यवसायीहरूले अरूबाट भिसा किनेर महँगोमा बेच्ने गरेको उनको भनाई छ । जसले गर्दा व्यवसायी क्षेत्रमा विकृति मौलाइरहेको उनको भनाई छ ।

सरकारले कोरोना महामारीको समयमा १०० जना कामदार नपठाउने म्यानपावर व्यवसायीहरूको समेत नवीकरण गरिदिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ