2026-07-25 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल

जेठ २६,  काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको छ, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहा अझै दलाल पुँजी हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ ।”

उहाँले अहिले पुनः प्रतिगामी शक्ति सल्बलाएको र वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत आरोप लगाउनुभयो । अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रुप आएको बताउँदै अध्यक्ष नेपालले थप भन्नुभयो, “भूटानी शरणार्थी प्रकरण होस् वा कुनै पनि काम बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडित बनाएको होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।” 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नदिने बताउनुभएको थियो । उहाँले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “यही अवस्थामा, यही स्थितिमा बजेट पास हुँदैन, हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।” भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको आरोप लगाउँदै उहाँले बजेट पक्षपातपूर्ण भएको उहाँको बताउनुभयो ।

आजदेखि सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख ‘एजेन्डा’ रहेको सङगठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिनुभयो । उक्त केन्द्रीय अधिवेशनमा देशभरबाट करिब चार सय पत्रकार प्रतिनिधि सहभागी रहेको समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली