पढ्न करिब 1 मिनेट लाग्छ

असोज १५, कपिलवस्तु | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा(माओबादी) कपिलबस्तुले पार्टि जिल्ला सदस्य तथा उक्त पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठन नेपाल कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्बासेलाई दुवै जिम्मेवारीबाट हटाएको जनाएको छ ।

नेकपा(माओबादी) कपिलवस्तु सेक्रेटरी संगम पुन को हस्ताक्षर रहेको एक विज्ञप्ती शुक्रबार प्रकाशित गर्दै यस्तो निणर्य गरिएको जानकारी दिइएको हो । विज्ञप्तीमा भनिएको छ “पार्टी संगठनमा उच्च प्रकारको जनबादी केन्द्रियता अपनाउँदै जानुपर्दछ ।

हाम्रो लागी अप्ठ्यारो बर्तमान अवस्थामा त्यहि प्रकारको विधि, प्रक्रिया मापदण्ड अपनाएर मात्र अगाडी बढ्न सकिन्छ ।” पार्टि संगठन को निती विपरीत चल्नुका साथै जिम्मेवारी बहन नगरेकाले हटाइएको सेक्रेटरी पुनले बताउनु भयो ।