बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका"/>
2026-07-11 02:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फोरमको बैठकबारे बालेनको स्पष्टिकरण: पैसा खाएर गरेको बैठक बहिस्कार गरेको हो, अपमान गरेको होइन

कार्तिक १६, काठमाडौँ | मंगलबार बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्।

‘उपत्यका मेयर्स फोरम’को चलिरहेको मासिक बैठक बीचमै छाडेर हिँडेका उनले बुधबार राति स्पष्टिकरण दिएका हुन्।

जारी बैठकबाट हिँडेका मेयर बालेनलाई बैठकमा सहभागीहरूले रोकिन अनुरोध गरे पनि उनी कसैको नसुनी उक्त बैठकबाट बाहिरीको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल छ। उनको उक्त कदमलाई कतिले आलोचना गरेका छन् भने कतिले प्रशंसा समेत गरेका छन्।

धेरै ठाउँमा आलोचनात्मक टिप्पणी आइरहेका बेला बालेनले भने त्यस्तो टिप्पणी दिएका हुन्।

उनले लेखेका छन्,  ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’,  उनले भने,’ नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

काठमाडौं उपत्यकामा रहेका १८ महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका मेयर रहने गरी मेयर्स फोरम गठन गरिएको छ।

यसको अध्यक्षमा ललितपुरका मेयर चिरिबाबु महर्जन छन् भने सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा उपाध्यक्ष, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी महासचिव, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सचिव, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन कोषाध्यक्ष र मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ सहसचिव छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट