2026-07-07 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले उठायो सभामुखको भूमिकामा प्रश्न, प्रतिपक्षीलाई बोल्न नदिएको आरोप

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ।

प्रतिनिधि सभा बैठक बसेपछि सोमबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले पटक-पटक बोल्न माग गरे पनि सभामुख घिमिरेले समय नदिएको सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले पटक-पटक बोल्न माग गर्‍यौं। तर सभामुखजीले हामीलाई बोल्ने अवसर दिनुभएन। सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो।’


संसद विपक्षीको हुन्छ भन्ने मान्यता पनि स्थापित रहेको उनको भनाइ छ।

‘आज सभामुखजीले विपक्षी दललाई पनि बोल्न दिनुभएन। सभामुखजीले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ,’ उनले भने, ‘सत्ता पक्षको निरंकुशताको मनोवृत्ति छ। यसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुन:पुष्टि गरेको छ।’

कांग्रेसले सरकारलाई लोकतन्त्र र संसदीय मूल्य र मान्यताका विपरीत नजान पनि चेतावनी दिएको छ।

सोमबार प्रतिनिधि सभामा कांग्रेससहित विपक्षी दलले विरोध गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वास मत लिएका थिए। प्रधानमन्त्री दाहाललाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका थिए।

सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत