2026-07-25 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छब्बिस जिल्लाको स्थानीय तह पुनःसंरचना प्रतिवेदन

कात्तिक २१, काठमाडौँ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा दुई दर्जनभन्दा बढी जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको छ । 

आयोगले कात्तिक पहिलो साता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार गरेको थियो । आयोगले पठाएको पछिल्लो कार्यविधिअनुसार २६ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको र बाँकी जिल्लाको आउने क्रम जारी रहेको आयोगका प्रवक्ता डा हरि पौडेलले राससलाई जानकारी दिनुभयो । 

स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन प्राप्त जिल्लामा इलाम, खोटाङ, अछाम, रसुवा, जुम्ला, बझाङ, बाँके, प्युठान, सुनसरी, धनकुटा, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, ताप्लेजुङ, सुर्खेत, दार्चुला, म्याग्दी, डोटी, दैलेख, कञ्चनपुर, रामेछाप, बाजुरा, तनहुँ, पाल्पा र पाँचथर छन् । 

जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको बैठकले क्रियाशील राजनीतिक दलका प्रतिनिधिसहित बैठक राखेर सहमतिका आधारमा जिल्लाको पुनःसंरचना प्रतिवेदन आएको आयोगले जनाएको छ । जिल्ला प्राविधिक समितिले जिल्लामा स्थानीय तहको सङ्ख्या र केन्द्र तोकेर आयोगमा सिफारिस गर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ