३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तापक्ष र प्रतिपक्षको अडान कायमै, बैठक निष्कर्षविहीन

४ पुष २०७३, सोमबार १०:३८

पुस ४, काठमाडौँ । सभामुख ओनसरी घर्तीको पहलमा आज भएको प्रमुख तीन दलको छलफल संविधान संशोधन प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान दोहोर्याएपछि बिनानिष्कर्ष टुङ्गिएको छ । 

व्यवस्थापिका–संसद् सचिवालयमा बसेको उक्त छलफलमा सत्तापक्ष नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने कार्यमा सहयोग पुर्याउन गरेको आग्रहलाई प्रतिपक्ष नेकपा (एमाले)ले सिधै अस्वीकार गरेको थियो । 

छलफलपछि प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको ‘असंवैधानिक’ प्रस्तावलाई एमालेको सहमतिमा ल्याउन उहाँहरुले राख्नुभएको प्रस्तावलाई आफूहरुले अस्वीकार बताउनुभयो । 

उहाँले भन्नुभयो – “राष्ट्रलाई विखण्डन गर्नेतर्फ उन्मुख भएको संविधान संशोधनको प्रस्ताव जारी संविधानमा पनि अघि बढाउन नपाउने व्यवस्था हुँदाहुँदै जबर्जस्ती ल्याउने काम भएकाले हाम्रो सहमति हुँदैन भनेका हौँ ।” 

“सत्तापक्षले चुनावमा जानुहुन्छ कि हुँदैन भनेर सोध्नुभयो, हामीले चुनावमा जान्छौं, पूरापूर सहयोग पनि गर्छांै भन्यौँ, उहाँहरुले त्यसो भए संविधान संशोधनको प्रस्ताव पनि जोडेर आउँछ भन्नुभयो, हामीले पनि संशोधनको प्रस्तावलाई चुनावको प्रस्तावको पुच्छर बनाएर ल्याएमा हाम्रो सहमति हुँदैन भनेका छौँ” – उपाध्यक्ष गौतमले भन्नुभयो । 

संविधान संशोधनको प्रस्ताव फिर्ता नभएसम्म संसद्को अवरोध कायमै रहने अठोट व्यक्त गर्दै उहाँले भन्नुभयो – “संशोधन प्रस्ताव पारित हुन दिँदैनौँ । अवरोध गर्छौं । सत्तापक्षले जसरी प्रस्तुत हुन्छ त्यसअनुसार हामी पनि अघि बढ्छौँ ।” 

नेकपा (माओवादी केन्द्र)का नेता एवम् अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्छ भन्ने प्रमुख प्रतिपक्ष एमालेको माग यथावत् नै रहेको छ । 

उहाँले भन्नुभयो – “निर्वाचन र संविधान संशोधनको प्रस्तावका बारेमा छलफल भयो । प्रतिपक्षले संविधान संशोधनको प्रस्ताव फिर्ता गर्न भनेको कुरालाई सरकारको तर्फबाट त्यो हुनै सक्दैन भन्ने जानकारी दिइएको छ । पास भए पनि फेल भए पनि सदनमै हुन्छ, लैजानुपर्छ भनेका छौँ ।” 

“संविधान संशोधन प्रस्तावलाई सदनमा लाने÷नलाने सत्तापक्ष र प्रतिपक्षको अडानका कारण कुनै सहमति र निष्कर्ष निक्लेन,” – अर्थमन्त्री महराले भन्नुभयो । 

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान, मुलुकको पछिल्लो राजनीति, संशोधन र स्थानीय निकायको निर्वाचनबारेमा छलफल भएकामा सबै विषयको सहमति प्याकेजमै खोज्न वार्तालाई निरन्तरता दिने सहमति भएको जानकारी दिनुभयो । 

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता केपी शर्मा ओलीलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही