२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तराईबाट पहाडी जिल्ला टुक्राउने पहिलो डिजाईनर नै केपी ओली’

७ पुष २०७३, बिहीबार ०६:३८

प्रेम सुनार । पुस ७, गुल्मी | वुधवार गुल्मी आईपुगेका गृहमन्त्री तथा उपप्रधानमन्त्री विमेलेन्द्र निधीको थप कुरा यस्ता छन् – सवै भन्दा पहिला तराईबाट  ५ नम्वर प्रदेशका पहाडी जिल्ला टुक्राउने  एमाले अध्यक्ष केपी ओली नै हुन्  । ल हेर्नुहोस् उति वेला उनले त्यो प्रस्तावको  ७  ठाउँमा हस्ताक्षर गर्दै पेश गर्ने उनै केपी ओली  थिए ।

–अहिले एमालेले  नक्कली राष्ट्रवाद ओकल्दै ५ नम्वर प्रदेश टुक्राउने विखण्डनकारी  र राष्ट्रघातीको आरोप हामीलाई लगाएको छ तर तराईबाट पाहडी जिल्ला टुक्राउने पहिलो डिजाईनर  स्वयम एमाले अध्यक्ष केपी ओली नै हो । 

त्यति वेला उनि राष्ट्रघाति नहुने, अहिले उनैको प्रस्ताव हामीले लगि दिदा हामी कसरी राष्ट्रघाती भयौं ? भन्दै पत्रकारहरुलाई सत्य तथ्य कुरा जनतामा लगेर सु–सुचित गरी दिन आग्रह गर्दै  वुधवार  हातमा त्यही दस्तावेज बोकेर गुल्मी आई पुगेका गृहमन्त्री निधी एमाले माथी ओईरिनु ओईरिएका थिए । उनको र  एमाले अध्यक्ष ओलीको चर्चा आज विहिवार विहानै देखि यहाँको राजनैतिक वृत्तमा चलेको छ । 

तत्कालिन कांग्रेस सभापति  सुशिल कोईराला, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यबहादुर थापा, वहुजनपार्टीका विश्वेन्द्र पासवान , स्वतन्त्रबाट अतहर कमल मुसलवान र चन्द्रेस्वर झाको हस्ताक्षर रहेको  छ एमाले अध्यक्ष केपी ओली पाहडी जिल्ला टुक्राएको उक्त  प्रस्तावमा । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका अरु दलका नेताले  अस्वीकार गरेर हस्ताक्षर गरेका छैनन् । केपी ओलीले प्रस्ताव गरेको प्रदेश नम्वर ५  लुम्विनी प्रदेश बनाईएको छ । जुन लुम्विनी प्रदेशमा  न त  पाल्पा छ न , गुल्मी र अर्घाखाँची नै । 

एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको  ५ नम्वर लुम्विनी प्रदेश नवलपरासीको दाउन्ने  पश्चिमको भाग, रुपन्देही, कपिलवस्तु , दाङ्ग, बाँके र वर्दिया सहित तराईका जिल्ला मात्रै राखिएको छ । ओलीले गुल्मी पाल्पा र अर्घाखाँचीलाई ४  नम्वर गण्डकी प्रदेशमा राखेका छन् ।

त्यस गण्डकी प्रदेशमा   यि तिन जिल्ला सहित गोरखा, लमजुङ्ग, तनहुँ, स्याङ्गजा, काँस्की, मना, मुस्ताङ्ग, म्याग्दी, पर्वत , वाग्लुङ्ग,  र नवलपरासीको दाउन्ने पुर्व भाग राखिएको छ । 

ओलीको उक्त प्रस्तावमा प्रदेशकोे राजधानी प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाले तोक्ने उल्लेख गरिएको छ । संविधान आरम्भ हुँदाका बखत सो निर्णय नभए  सम्मका लागि केन्द्र सरकारले प्रदेशको राजधानी तोक्ने व्यवस्था पनि गरिएको छ । 

प्रदेशको नाम पुनः परिवर्तन गर्नु परेमा प्रादेशिक सरकारले केन्द्र सरकारको अनुमति  प्राप्त गरी प्रादेशिक सांसदको दुई तिहाई बहुमतले पारित गर्नु पर्ने छ । प्रदेशका राजधानी पुनः हेरफेर गर्नु परेमा प्रादेशिक सरकाको सिफारिसमा प्रदेश सभाको दुई तिहाई मतले निर्णय गरे वमोजिम हुनेछ ।

त्यसको तल कोपी ओलीको हस्ताक्षर रहेको छ  ।  ७ पृष्ठ लामो उक्त  दस्तावेजमा ७ ठाउँमा एमाले अध्यक्ष केपी ओलीले हस्तक्षर गरेका छन् । यसरी लुम्विनीबाट पाहडी जिल्ल्ला टुक्राउने ‘डिजाईनर’ एमाले अध्यक्ष ओली नै  भएको स्प्रष्ट हुन्छ् । 

त्यसको विरोधी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले उनै ओलीको प्रस्ताव संसदमा लैजाँदा पुत्लादहन सम्मको विरोध खेप्नु परेको छ ।  यसबाट के देखिन्छ भने अध्यक्ष प्रचण्ड कुर्चिको चेपुवामा परेर त्यही प्रस्ताव लैजान बाध्य पारिएका हुन , ता कि उनको व्यक्तिगत चाहना नभएको पनि हुन सक्छ  । 

यस हिसावले सरकारमा जुन पार्टी गए पनि तराईबाट पाहड टुक्राउन कुनै न कुनै शक्तिले दवाव दिई रहेको हुँदो रहेछ । यसर्थ  कुनै  एक दलले अर्को दललाई राष्ट्रघातीको आरोप प्रत्यारोप लगाउनु भन्दा पनि  त्यो दवाव र शक्तिबाट मुक्त हुँदै र निर्भिक बन्दै आफै नेपालीहरुले  संसदको टेवुलमा वसेर, मिलेर प्रदेशको बाँडफाँड गर्दा राम्रो हुने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की