२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुझ पचाउँदै कांग्रेस-एमाले, माओवादी अफ्ट्यारोमा, मधेसवादी ‘पर्ख र हेर’

११ पुष २०७३, सोमबार ०३:३६


अनिल अधिकारी | पुस ११, काठमाडौँ | विपक्षी गठबन्धन र कांग्रेसद्वारा तत्काल  चुनाव घोषणा गर्न माग भएपछी माओवादीलाई त्यसको दवाब खेप्न हम्मे-हम्मे पर्ने देखिएको छ । साथै पछिल्लो राजनीतिक परिस्थितिले देशमा थप द्वन्द बढ्न सक्ने खतरा छ । 

आइतबार एमालेसहितका नौ दलीय विपक्षी गठबन्धनले संविधानसभाले संविधान जारी गर्दाको सहमतिमा उभिएर तत्काल तीन तहको चुनावी कार्ययोजनासहित मिति घोषणा गर्न माग गरको छ । उसले सरकारको क्रियाकलाप संविधान कार्यान्वयन नगर्नेतर्फ उन्मुख भएको भन्दै सरकार बिरुद्ध जनदबाब सिर्जना गर्नका लागि बिशाल मोटरसाइकल र्याली सहितको बिशाल बिरोध सभा गर्ने निर्णय गरेको छ । यता कांग्रेसले पनि संसोधनलाई थाति राखेर तत्काल चुनावमा जाने पक्षमा देखिएको छ । सरकारमै रहेको कांग्रेसले मधेसवादी दलको मागमा गम्भीर हुनुपर्नेमा त्यसो हुन नसकेको मदेसवादीको आरोप लाग्दै आएको अवस्थामा कांग्रेसको चुनावमा जाने संकेत दिएपछि आरोपको पुष्टि भएको छ ।

उता कांग्रेस एमालेको चुनावमा जान दिएको ताकेतासँगै माओवादीलाई कसरी मधेसवादी दललाई सहमतिमा ल्याउने भन्नेबारे पिरलो परेको छ । मधेसबादी दलहरुले भने संसोधनमा नगए आफुहरु चुनावमा समेत नजाने बताउँदै गर्दा देशको राजनैतिक अवस्था गम्भीर मोडमा पुगेको छ । सत्तापक्षमा बलियो पकड जमाएको कांग्रेस समेत चुनावको पक्षमा गएपछी सरकारले संसोधनलाइ थाति राखेर चुनाव घोषणा गर्दा त्यसले मधेसवादी दलहरु थप आन्दोलनमा उत्रने पक्का छ । मधेसबादी दलहरुले यस अघिनै संसोधनलाई थाँती राखेर चुनाबमा जान नसक्ने चुनावमा गए बहिस्कार गर्ने बताईरहेका बेला सरकारले तत्काल चुनावको निर्णय लिन सक्ने अवस्थामा पनि छैन ।

यता चुनावसम्ममा मधेसवादीलाई सहमतिमा ल्याउन कसरत गर्न सकिने ठाउँ भएपनि संसोधनबिना कुनैपनि हालतमा मधेसबादी दल चुनाब गर्न दिने पक्षमा छैन । जसका कारण यदी सरकारले चुनाव घोषणा गर्यो र त्यसको तयारी गरेको अवस्थामा मधेस/तराईका अधिकांश ठाउँमा द्वन्द बढ्ने निश्चित छ । चुनावी सभा तथा चुनावी कार्यक्रमहरु बिथोलिने निश्चित छ । जुन कुरालाई कांग्रेस -एमालेले हल्का रुपमा हेरेर तत्काल चुनावको माग गरेका छन् । 

एमालेले २०७४ माघ ७ भित्र स्थानीय तहलगायत तीनै तहको निर्वाचन गर्ने कार्य योजना घोषणा गर्दै स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गरी अगाडि बढ्न र संविधान कार्यान्वयन गर्न माग गरेको छ । एमालेले मधेसवादी दललाई कसरी समेट्ने भन्ने कुरामा ध्यान नदीई एकोहोरो बिपक्षीको भूमिका खेल्दा देशमा थप द्वन्द निम्तन सक्ने खतरा छ । एमालेले परिस्थितिलाई बुझेर सरकारलाई सहयोग गरि मधेसको समस्या सुल्झाउँदै चुनावमा जान सक्ने छोटो बाटो अबलम्बन गर्न केन्द्रित नभई मधेसीलाई पेल्ने र एकोहोरो सरकारको बिरोध गर्दै माओवादीसँग ओली नेतृत्व छाडेको बदला साध्ने बाटो अपनाएको स्पष्ट देखिन्छ । मधेसी दललाई सहमतिमा नल्याई तत्काल चुनावमा जान असम्भव भएको बुझ्दाबुझ्दै पनि एमालेले बुझ पचाउँदा त्यसको असर देशमा थप संक्रमण काल लम्बिने देखिएको छ । त्यसोत बिरोधि पार्टी एमालेलाई माओवादीले फकाउने बाहिरी कोसिस गरेपनि एमाले-माओवादीको भित्री सम्बन्ध पानी बाराबारको भएकाले त्यति सहज भने छैन । यो परिस्थितिमा यदी माओवादीले सहमतिमा समस्या समाधान गर्न नसक्ने हो भने कित राजिनामा दिन बाध्य हुनुपर्छ कि त चुनाव घोषणा गरेर मधेसवादीलाई पेलेर जानुपर्ने हुन्छ । अब माओवादीले वर्तमान परिस्थितिसँग कसरी सामाना गर्छ हेर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो