पुस १३, काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।&nb"/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गरौँ: परराष्ट्रमन्त्री

१३ पुष २०७३, बुधबार ११:५७

पुस १३, काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । 

छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्धलाई लिएर केही समययता आम सञ्चारका माध्यममा प्रकाशन/प्रसारण भएका समाचारबारे सरकारको धारणा स्पष्ट गर्न परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा जनमानसमा द्विविधा उत्पन्न गर्ने खालका खबर नलेख्न सञ्चारकर्मीसँग आग्रह गरे । 

देशको मर्यादा र गरिमामा आँच आउने समाचार एवम् विचार सम्प्रेषण तथा टीकाटिप्पणी गर्दा विषयको गाम्भीर्य र संवेदनशीलतालाई ख्याल गर्दै मुलुकको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्नु सम्मानित सञ्चार क्षेत्रको पनि दायित्व हो भन्ने आफ्नो बुझाइ रहेको उनले बताए । 

“परराष्ट्रजस्तो अति संवेदनशील विषयमा जनमानसमा भ्रम सिर्जना गर्ने समाचार र टिप्पणीले नेपालको दीर्घकालीन हित गर्दैन”– पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएयता चीनसँगको नेपालको सम्बन्धमा केही चिसोपन आएको भन्ने सार्वजनिक सञ्चारमाध्यमका टीकाटिप्पणीको खण्डन गर्दै मन्त्री महतले भने । 

छिमेकी मुलुकका साथै विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्दै नेपालको विकासमा योगदान गर्न परराष्ट्र मन्त्रालय अहोरात्र लागिपरेको स्पष्ट गर्दै यसै महिना मङ्गोलिया र चीनबाट उच्च तहमा भएका भ्रमण लामो समयअघि नै निर्धारण भएका उनले बताए । 

मङ्गोलिया नेपालजस्तै भूपरिवेष्टित मुलुक हो र संयुक्त राष्ट्रसङ्घले समेत त्यस्ता मुलुकलाई आफ्नो विकास र अधिकारका लागि एकताबद्ध हुन उत्प्रेरित गरेको सन्दर्भमा दुई देशबीच भूपरिवेष्टित मुलुकका समस्या र तिनको समाधानबारे विचारविमर्श हुनु सामान्य विषय भएको उनको कथन थियो । 

मङ्गोलियामात्र नभइ बौद्धधर्मावलम्बी मुलुकले लुम्बिनीमा बौद्धचैत्य र गुम्बा निर्माण गर्न सक्ने र नेपाल सरकारले नियमानुसार जग्गा उपलब्ध गराउँदै आएको जानकारी दिँदै मन्त्री महतले झण्डै १८ वर्षअघि मङ्गोलियाका राष्ट्रपति नात्सागिन बागाबन्दीको नेपालको राजकीय भ्रमणका बेला उक्त देशले लुम्बिनीमा बौद्ध गुम्बा निर्माणका लागि गरेको अनुरोध र नेपाल सरकारको स्वीकृतिलाई अहिले अनावश्यक रुपमा उछाल्नु युक्तिसङ्गत नभएको उनले बताए । 

“नेपालको राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर छिमेकी र अन्य राष्ट्रसँगको सम्बन्धलाई समुन्नत, सुदृढ र सुमधुर तुल्याउन सरकार लागिपरेको छ”– मन्त्री महतले भने । नेपाली सेनालाई भारतीय सेनाअन्तर्गत राष्ट्रसङ्घीय शान्ति सेनामा पठाउन प्रयास भइरहेको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरिसकेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले सौर्यशाली नेपाली सेनाले राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भई विश्व शान्तिस्थापनामा काम गर्ने भएकाले कुनै देशको मातहतमा काम गर्ने वा गर्नुपर्ने भन्ने भनाइमा कुनै सत्यता नभएको बताए । 

अघिल्लो सरकारले चीनसँग गरेका सन्धिसम्झौता कार्यान्वयन गर्न मन्त्रालय क्रियाशील रहेको र त्यस दिशामा दुवै देशका अधिकारी निरन्तर सम्पर्क र संवादमा रहेका जानकारी दिँदै उनले चीनसँगको सचिवस्तरीय संयन्त्रको बैठक चाँडोभन्दा चाँडो आयोजना गर्ने चाहनाका साथ बेइजिङसँग पत्रचार भइसकेको बताए । 

चीनसँग सम्पर्क विस्तारका थप नाका खोल्न सरकार लागिपरेको र सम्बद्ध सरकारी निकायसँग गहन छलफल जारी रहेको जानकारी दिँदै उनले भने-, “कोदारी राजमार्ग शीघ्र सञ्चालन गर्ने प्रतिबद्धता चीनबाट आएको छ ।” 

कुनै पनि मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता दोहो¥याउँदै परराष्ट्रमन्त्रीले एउटा मुलुकलाई खुसी पार्ने अर्कोलाई चिढ्याउने काम नेपालले कदापि नगर्ने प्रष्ट परे । 

खाडी राष्ट्र र मलेसियामा रहेका नेपाली श्रमिकको हकहित प्रवद्र्धन गर्न सरकार लागिपरेको स्पष्ट गर्दै उनले ती क्षेत्रमा रहेका नेपाली नियोगलाई हरदम क्रियाशील तुल्याइएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप