2026-08-29 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काग्रेस क्षेत्र नम्बर २ को क्षेत्रिय अधिवेशन सम्पन्न

कमल रावल | फागुन ३, अछाम | संविधानको सफल कार्यान्वयन भए मात्र जनाताका अधिकार सुनिश्चित हुने नेपाली कागे्रसका नेता तथा पुर्व सासद अकल बहादुर विष्टले बताउनु भएको छ । नेपाल दलित संघ क्षेत्र नम्बर २ को प्रथम क्षेत्रिय अधिवेशनको कमलबजारमा उद्घाटन गर्दै विष्टले सविधानको कार्यान्वयनका लागि सबै राजनितिकदल एक भएर अघि बढनु पर्ने बताउनु भयो । 

कार्यक्रमका विशिष्ट अतिथी महासमिती सदस्य देबराज देवकोटाले समाज परिवर्तन र आर्थिक सुधार गर्न सकिए भए मात्र देशको विकास हुने बताउनु भएको छ । यस्तै महाधिवेशन प्रतिनिधि सुरत बहादुर विष्टले जनतालाई देश विकासमा सक्रिय गराउन सके मात्र समुदायको बिकास हुने बताउनु भयो । यस्तै नेपालि कांगे्रस अछामका सचिब नम बहादुर शाहिले समाज परिर्वतन गर्न जातिय बिभेदको अन्त्य गर्न सबै समुदाय र जातजाति एक भएर लाग्नु पर्ने बताउनु भएको छ । नेपाल दलित संघका जिल्ला उपाध्यक्ष पहलमान कामिको अध्यक्षता भएको कार्यक्रममा नेपालि कांगे्रस क्षेत्रिय सभापति लक्ष्मण साह, महाधिबेसन प्रतिनिधि कमल बिक, जिल्ला कार्य समिति सदस्य पुरन बिक, नेपाल प्रेस युनियन अछामका सभापति जनकराज भण्डारी कमलबजार नगर बिकास समिति अध्यक्ष पुष्पराज अधिकारी, नेपाल बिदार्थि संघका क्षेत्रिय सभापति नेत्र साउद, नेपालि कांगे्रस मंगलसेन नगर कमिटि सभापति पुष्पराज भण्डारी, नेपालि कांगे्रस क्षेत्रीय कोषाध्यक्ष पार्बति चलाउने लगाएतले मन्तब्य राख्नु भएको थियो । 

यस्तै नेपाली कांग्रेस गाउकमिटी ढकारीको बैठक सम्पन्न भएको छ । गाउकार्य समिती सभापति धन बहादुर बुढाको अध्यक्षतामा भएको बैठकले फागुन ५ गते ईलाका नम्बर १२ मा हुने आमभेलालाई सफल पार्ने , जनबर्गिय संगठन गठन गर्ने लगायतका निर्णय गरिएको छ बैठकमा प्रमुख अतिथी पुर्ब क्षेत्रिय सदस्य पहलमान बुढ थापा रहनु भएको थियो बैठकमा पुर्ब क्षेत्रिय सदस्य भवानि प्रसाद उपाध्यय , नयाराम भण्डारी,कोकिला थापा, महिलासंघ की पार्बति बुढा दलित प्रतिनीधि  मनबिरे कामि लगायतको सहभागिता रहेको थियो बैठकको सञ्चालन सुरत कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह