2026-08-29 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल क्रान्तिकारी अछामद्धारा अछामका ७ वटै क्याम्पसमा उम्मेद्धार घोषणा

फागुन ५ मंगलसेन | नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कमिटी अछामले आसन्न स्ववियू निर्वाचनका लागि अछामका सातवटै क्याम्पसमा सभापतिका उम्मेद्धार घोषणा गरेको छ । 

शुक्रबार बसेको संगठनको जिल्ला कार्यालय बैठकले पार्टीका जिल्ला संयोजक झपट साउदको बिशेष उपस्थितीमा स्ववियू सभापतिका उम्मेदार छनौट गरि घोषणा गरेको हो । जस अन्र्तगत जनता बहुमुखी क्याम्पस बयालपाटामा संगठनका केन्द्रिय सदस्य बैजन्ती कुवर, पन्चदेवल क्याम्पस बिनायकमा केन्द्रिय सदस्य नितेश रिमाल, अछाम बहुमुखी क्याम्पस मंगलसेनमा जिल्ला सचिवालय सदस्य लाल बहादुर साउद, त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा जिल्ला सदस्य पंन्कज साउद, जनशिखा क्याम्पस मेल्लेखमा पनि जिल्ला सदस्य मनिज साउद, कैलास क्याम्पस कालागाँउमा निरक भण्डारी र कमलबजार क्याम्पसमा जिल्ला सचिवालय सदस्य बम बहादुर खडकालाई उम्मेद्धार घोषणा गरिएको संगठनले जनाएको छ । 

यस्तै कार्यलय बैठकले सबै क्याम्पसमा स्ववियू चुनाव जित्नका लागि केनिद्रय सदस्य तथा जिल्ला पदाधिकारीलाई क्याम्पस कमाण्डरको जिम्मेवारी सहित खटाएको छ । संगठनका जिल्ला अध्यक्ष गम्भीर साउद को अध्यक्षतामा भएको बैठकमा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मदन कुमार भुल रोशन र वाईसिएलका जिल्ला सचिव सुरेन्द्र शाही लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह