2026-06-27 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वाधिनताका बिरुद्ध राजविराज घटना घाटाइयो: एमाले अछाम

2017-03-10

कमल रावल/ फागुन २७, अछाम । नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरले नेपालमाथि हुने सबै षडयन्त्रको एमालेले भण्डाफोर गर्ने बताउनु भएको छ । 

यही फागुन २३ गते सप्तरी जिल्लाको राजविराजमा एमालेले गरिरहेको कार्यक्रम बिथोल्न खोज्ने बिरुद्ध भएको प्रहरीको कारबाहीमा परी ३ जनाको ज्यान गएको घटनाको बिरुद्धमा एमाले अछामले गरेको भण्डाफोर कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष कुँवरले भारतीय ईशारामा मधेशी दलले नेपालको स्वतन्त्रता, अखण्डता, स्वाधिनताका बिरुद्ध षडयन्त्र गरिरहेको र त्यसैको फलस्वरुप मधेशी दलले राजविराजमा घटना घटाएको बताउनु भयो । 

नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको हकको व्यवस्था भएको र हरेक नेपालीले शान्तिपूर्ण कार्यक्रम गर्न पाउने अधिकार हुँदा पनि त्यसका बिरुद्धमा मधेशी मोर्चाले गरेको अहंकारले राजविराज घटना भएको दाबी गर्नुभयो । 

एमालेको देशव्यापी बिरोध कार्यक्रम अन्तर्गत मंगलसैनमा भएको बिरोध कार्यक्रममा पूर्व सभाषद समेत रहनु भएका एमाले अध्यक्ष कुँवरले नेपालका बिरुद्धमा विभिन्न षडयन्त्र र आपराधिक क्रियाकलाप नगर्न मधेशी मोर्चालाई चेतावनी समेत दिनुभयो । 

संसदीय निर्वाचनमा जनतावाट पराजित भएकाहरु अब स्थानीय निर्वाचनमा पनि जनतावाट अस्वीकृत हुने डरले निर्वाचन भाँड्न खोजेको र एमाले प्रतिको जनलहर देखि उत्तालिएको बताउनु भयो । 

एमाले हरेक जनताका मनमा तथा राज्यका निकायमा भिँजेको पार्टी भएको भन्दै पार्टीको शान्तिपूर्ण कार्यक्रम बिथोल्ने, एमाले नेता कार्यकर्तालाई अपमानित गर्ने लगायतका कार्यको जति भ्रत्सना गरेपनि कम हुने बताउनु भयो । नेपालको संविधान निर्माण, विकास र सम्बृद्धि हुन लाग्दा भारतको टाउको दुखाई हुँदै नाकाबन्दीको समेत सामना गरेको बताउँदै भारतको जुटो खाएर देशबिरोधि कार्य गर्नेहरुलाई सरकारले निगरानीमा राख्नुपर्ने अध्यक्ष कुँवरको भनाई छ । 

कार्यक्रममा बोल्दै एमाले प्रदेश संगठन कमिटि सदस्य बमबहादुर विसीले एमाले नेताहरुको सामुहिक हत्या गर्ने सम्मको दुष्प्रयासले राजविराज घटना भएको भन्दै एमाले प्रतिको जनलहर, जनताको अकर्षणबाट डाह गरेर संविधानले दिएको हकको समेत हनन गी मधेशी मोर्चाका नेताहरु काठमाण्डौमा बसेर निर्दोष जनतालाई आन्दोलनमा पठाउनु दुःखद कार्य भएको बताउनु भयो । 

एमाले जिम्मेवार र सबैका हक अधिकारको सुनिश्चितता गराउने पार्टी भएको भन्दै जनताबाट चुनाव हारेकाहरुको पराजित मानसिकताले राजविराज घटना भएको आरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै एमाले सचिव यज्ञ बोगटीले राजविराज घटनाबाट मधेशी मोर्चाले देशमा हिंसा निम्त्याएको भन्दै मधेशी मोर्चाका शिर्ष नेताले खुलेआम हिंसा गर्ने चेतावनी दिँदै आएका र त्यसको राज्यले समयमै नियन्त्रण गर्न नसक्दा घटना भएको बताउनु भयो । 

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य चक्र रावल, पदम बुढा, सदस्य लक्ष्मी अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य एकिन्द्र कुँवर, जिल्ला अध्यक्ष टेकराज भण्डारी, प्रदेश सदस्य पुष्पराज भट्ट, पूर्व अञ्चल कमिटि सदस्य राजेन्द्र कुँवर लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी