Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बारामा २९७ मतदान केन्द्र

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, कलैया । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ ।

विसं २०६८ को जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल छ लाख ८७ हजार ७०८ जनसङ्ख्या रहेको बारा जिल्लामा दुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र नौवटा गाउँपालिका रहेका छन् ।

जिल्लामा एक लाख ८६ हजार १४६ पुरुष, एक लाख ५० हजार ८४२ महिला र ५१ जना तेस्रोलिङ्गी गरी कुल तीन लाख ३७ हजार ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफले बताउनुभयो ।

विगत २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा दुई लाख ९६ हजार ५२८ जना मतदाताले २९७ वटा मतदान केन्द्रबाट मतदान गरेका थिए । रासस