२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको शान्ति प्रक्रियालाई ठूला मुलुकले प्रचार गरेनन्: प्रधानमन्त्री

१७ चैत्र २०७३, बिहीबार ०८:३१

चैत १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताएका छन् । 

नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ ले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले भने – 'नेपालको शान्ति प्रक्रिया विश्वमा सफलतम् उदाहरणमध्येको एक हो तर नेपाल सानो र गरिब मुलुक भएकाले होला यो सफलतालाई स्थापित र प्रचार गर्न ठूला र धनी मुलुकले चाहेनन्।'

उनले युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सिक्ने विषय स्वीकार्य नभएको टिप्पणी गरे। 

राजाले प्रत्यक्ष शासन सञ्चालन गरे पनि तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्षका हैसियतमा आफूले एकपक्षीय युद्धविराम घोषणा गरी सात दलसँगको सहकार्यमा १२ बुँदे सहमति गरेको, हतियार र सेना समायोजन हुँदै हाल संविधानसभाबाट नयाँ संविधान जारीपछि नेपालको शान्ति प्रक्रिया आधारभूत रुपमा पूरा र सफल भएको उनले बताए। 

प्रत्येक देशको शान्ति प्रक्रियाका विशिष्ट र मौलिक अनुभव हुने भन्दै उनले राजनीतिक उद्देश्य र जनताका जायज मागमा आधारित विद्रोहलाई शान्ति प्रक्रियाबाट हल गर्न सकिने भन्दै आतङ्ककारी र अराजक गतिविधिलाई चाँही कानुनको पालनाबाटै समाधान गर्नुपर्नेमा जोड दिए। 

नेपालको शान्ति प्रक्रियाका अनुभवको अध्ययन गर्न आएकामा म्यानमारका टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले त्यहाँको शान्ति प्रक्रियाको सफलताको कामना गरे। 

छलफलमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा एमालेका पोलिटब्युरो सदस्य गङ्गालाल तुलाधार, पूर्व सभामुख दमननाथ ढुङ्गानालगायत पनि सहभागी थिए।

इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजका अध्यक्ष डा राम थपलियाले भने 'म्यानमारको अध्ययन टोलीले नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्नुले नेपालको शान्ति प्रक्रियाको अन्तर्राष्ट्रिय समुदायमा मान्यता हासिल हुनु हो।'

म्यानमारका नेसनल लिवरेसन अर्गनाइजेसनका कर्णेल खुन ओकरको नेतृत्वमा २२ सदस्यीय टोली नेपालको पाँचदिने भ्रमणमा रहेको छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ