२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिक्तेलमा मेयरको बाजी मार्ने सम्भावित उम्मेदवार यस्ता छन्

२०७३, १७ चैत्र बिहीबार ११:०८

चैत १७, खोटाङ । स्थानीय रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी रौनक बढेर गएको छ । 

सरकारले आगामी ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दिक्तेलमा पनि चुनावी माहौल तात्न थालेको हो । हाटबजारदेखि चिया पसलसम्म अहिले उम्मेदवार को होला र कुन पार्टीले जित्छ भनेर चर्चा हुन थालेको छ । यसैबीच, राजनीतिक दलले भने सम्भावित उम्मेदवार छनोट कार्यलाई पनि अगाडि बढाउन थालेका छन् । 

अन्य जिल्लाका कतिपय ठाउँमा उम्मेदवार छनोट भइसके पनि दिक्तेलमा छनोट भइनसकेकाले अहिले उम्मेदवारको चर्चा चुलिएर गएको हो । कुनै पनि पार्टीले उम्मेदवार छनोट गरिनसकेकाले सबै पार्टीभित्र आकांक्षीको चर्चा ह्वात्तै बढेको छ । 

सरकारको नेतृत्व समेत गरिरहेको नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड बनाइसके पनि दिक्तेलका लागि उम्मेदवारको टुङ्गो लगाएको छैन । माओवादीबाट दर्जन भन्दा बढी आकांक्षी देखा परेका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुव बुढाथोकी, जयप्रसाद आचार्य, सुरेश राई, होमकाजी आचार्य, मदन तामाङ, माधव राई, बलराम राई, सन्तोष राई, धु्रव राईलगायत आकांक्षी देखिएका छन् । यीमध्ये दुर्गाजयन्ती, ध्रुव र जयप्रसादमध्ये एकको सम्भावना बढिरहेको बताइन्छ । 

यता, व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्र पनि उत्तिकै आकांक्षी देखिएका छन् । मेयरमा काँग्रेसभित्र राजनसेर राई, ज्ञानेन्द्र जोशी, प्रकाश श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, तीर्थराज भट्टराई, नवराज केसी, महन्त राई लगायतको चर्चा छ । 

संसद्को दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र नगरपालिकाको मेयरमा नारायणप्रसाद जोशी, कुमार आचार्य, दिपनारायण रिजाल, जलसेर राई, देवविक्रम राई, उदय कार्की, वीरबलकाजी राई, उपिनकुमार राई, भागवत घिमिरे, वीरेन्द्र ढकाल, गोपाल आचार्य लगायतको नाम चर्चामा छ । 

राप्रपाभित्र पनि रुपाकोट मझुवागढीमा स्वयम् जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ, ललितकुमार राई, धर्मराज पोखरेल, निशान राई, मोतीचन्द्र राई, सीताराम राई, रामचन्द्र भट्टराई, विजयकला राई लगायतको चर्चा हुने गरेको छ । यता, सङ्घीय समाजवादी फोरमभित्र नवीन राई, कर्णबहादुर कार्की, निर्मल राई, नैनबहादुर कट्वालको चर्चा छ । 

खम्बूवान राष्ट्रिय मोर्चाभित्र रुपाकोट मझुवागढी नगरपालिकामा महन राई, जगतभक्त राईको चर्चा छ । रुपाकोट मझुवागढीमा मुख्य रुपमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 

अहिलेसम्म कसैले पनि उम्मेदवारको घोषणा नगरेकाले एउटा पार्टीले अर्को पार्टीमा कस्तो उम्मेदवार उठाउँदैछ भनेर अध्ययन गर्ने काम गरिरहेको पाइएको छ । उम्मेदवार छनोटकै विषयमा दलहरुभित्र आन्तरिक विवाद समेत चुलिदै गएको देखिन्छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक