2026-10-14 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्थानीय चुनाबमा १ सय ८२ महिलाको प्रतिनिधित्व सूनिश्चित

चैत १९, अछाम । करिव २० बर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन पश्चात गठन हुने स्थानीय तहको संरचनामा अछाममा १ सय ८२ महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । 

यो संख्या गाउँपालिका र नगरपालिकाको वडा सदस्य पदमा मात्र हो । अछाममा नगरपालिका र गाउँपालिका गरी कुल ९१ वडा छन् । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका र नगरपालिकाको प्रमुख या उपप्रमुख मध्ये एक पदमा महिला अनिर्वाय उम्मेदवार बनाउनु पर्ने व्यवस्था गरे बम्मोजिम चार नगरपालिका र छ गाउँपालिका गरी जिल्लामा थप १० महिला पनि उम्मेदवार बन्नेछन् । 

ऐनले व्यवस्था गरे बम्मोजिम नै प्रमुख र उपप्रमुख मध्ये कुनै एक पदमा महिला उम्मेदवार बने पनि उक्त पदमा महिला नै निर्वाचित हुन सक्ने भन्ने ग्यारेन्टी नभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख चुणाराज सापकोटाले जानकारी दिनुभयो । 

कुनै दुई दलको बीचमा एउटाले प्रमुखमा पुरुष र उपप्रमुखमा महिला तथा अर्को दलले प्रमुखमा महिला उपप्रमुखमा पुरुष उम्मेदवार उठाएर सिन्डिकेट लगाई पुरुषलाई मात्र मतदान गर्ने सहमति गरे भने दुबै पदमा पुरुष मात्र बिजयी हुने सम्भावना पनि रहेको सापकोटाले बताउनु भयो । यदि सबै स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एकमा महिला निर्वाचित भयो भने अछाममा १ सय ९२ महिलाको प्रतिनिधित्व सुनिश्चित हुने छ । 

स्थानीय तहको कार्यपालिकाको रूपमा रहने गाउँसभा, गाउँ कार्यपालिका र नगर कार्यपालिकामा पनि महिलाहरूलाई मनोनयन गर्ने व्यवस्था छ । हरेक गाउँसभा र गाउँपालिकामा २ तथा हरेक नगर कार्यपालिकामा ३ महिला मनोनयन गर्दा कम्तीमा २ सय १६ महिलाको प्रतिनिधित्व हुनेछ ।

 मनोनियत गर्दा अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत महिलालाई गर्नुपर्ने प्रावधान छ । प्रतिनिधित्वको हिसाबले महिलाको सहभागिता राम्रो देखिएपनि कार्यकारी पदमा भने सिट सुनिश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश